गृहपृष्ठ » मुख्य समाचार, राजनीतिइन्धन आयतबारे बंगलादेशमा यस्तो सम्झौता हुँदै

इन्धन आयतबारे बंगलादेशमा यस्तो सम्झौता हुँदै

November 14, 2015१८९ पटक

काठमाण्डु, २८ कात्तिक-इन्धन आयातको सम्भाव्यताबारे अध्ययन गर्न नेपाल आयल निगमको एक प्रतिनिधिमण्डल शनिबार बङ्गलादेश प्रस्थान गरेको छ । भारतको अघोषित रुपमा नाकाबन्दीपछि मुलुकमा इन्धनको चरम सङ्कटका कारण विभिन्न विकल्पको खोजी गरिरहेको निगमले बङ्गलादेशबाट इन्धन आयातको सम्भाव्यता अध्ययन गर्न प्रतिनिधिमण्डल त्यसतर्फ पठाएको हो । बंगलादेशसँग सबै विकल्पबारे कुराकानी हुने जनाइएको छ । सो कुराकानी व्यापारिक सम्झौताकै स्तरमा समेत हुनसक्ने बताइएको छ । प्रतिनिधिमण्डलमा रहेका निगमका इन्जिनियरिङ विभागका प्रमुख एवम् निर्देशक वीरेन्द्र गोइत र प्रवक्ता मुकुन्द घिमिरेले बङ्गादेशबाट खाना पकाउने ग्यास, पेट्रोल, डिजल र हवाई इन्धन आयात गर्ने विषयमा द्विपक्षीय कुराकानी गर्नेछ । बङ्गलादेश उड्नुअघि सञ्चारकर्मीसँगको कुराकानीमा प्रवक्ता घिमिरेले सबै विकल्पबारे बङ्गलादेशी अधिकारीसँग कुराकानी हुने जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण