गृहपृष्ठ » मुख्य समाचार, राजनीतिबाबुराम पक्षका २३ विद्यार्थी नेताबाट अखिल क्रान्तिकारी परित्याग गरेको घोषणा

बाबुराम पक्षका २३ विद्यार्थी नेताबाट अखिल क्रान्तिकारी परित्याग गरेको घोषणा

November 14, 2015१७९ पटक

akhil-krantikari-flag1_20130519042531
काठमाण्डु, २८ कात्तिक– अखिल क्रान्तिकारीका केन्द्रीय सचिव ओमकुमारी पौडेलसहित २३ जना केन्द्रीय सदस्यले राजीनामा दिएका छन् ।

शनिबार विज्ञप्ती जारी गरेर उनीहरुले संगठनले बहुमतको नाममा शैक्षिक मुद्धालाई माफियाहरुसँगको मिलेमतोमा निस्तेज पार्ने काम भएको आरोप लगाएका छन् ।

उनीहरुले संगठन सत्ता खडा गरी फरक विचारलाई सबै क्षेत्रमा निषेध गर्ने संगठनको नीति विपरीत काम गरेको बताएका छन् ।

पार्टीको मुल नेतृत्वले सबै बिचारलाई समेट्न नसकेकाले नयाँ शक्ति निर्माणको आवश्यक रहेकाले नेता डा बाबुराम भट्टराइलाई साथ दिने विज्ञप्तीमा उल्लेख छ ।

मुलुक नयाँ संरचनामा प्रवेश गरीसकेका बेला पार्टीको राजनीतिक कार्यदिशा, कार्यशैली र संरचना अपर्याप्त र असान्दर्भिक भइसकेकाले नयाँ शक्ति निर्माणको आवश्यक्ता रहेको बताइएको छ ।

विद्यार्थीहरुले नया“ शक्ति निर्माणमा लागेका अभियन्ताहरूलाई शाही शासनकालको झल्को दिने गरी कारवाही गरिएको, स्पष्टीकरण सोधिएको जस्ता अनावश्यक प्रचारबाजी गरेको भन्दै नेतृत्वको आलोचना पनि गरेका छन् ।

‘पुरानो र सडेगलेको संगठनबाट शैक्षिक जगतका समस्या झन् जटिल बन्ने र क्रान्तिकारी स्पीरिटलाई दर्होसँग पकड्दै अघि बढ्ने संकल्पसहित पुरानो संगठन औपचारिक रूपमा परित्याग गरी नयाँ शक्ति निर्माण अभियानमा समाहित हुने घोषणा गर्दछौं ।’ विज्ञप्तीमा भनिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण