पानीमा डुबेर २ बालकको मृत्यु
झापा, २३ साउन-झापाको शनिअर्जुन नगरपालिका–१ मा शनिबार अपराह्न दुई जना बालकको डुबेर मृत्यु भएको छ ।
शनिअर्जुन–१ का प्रदीप कार्कीका १० वर्षीय छोरा पुकार कार्की र सोही स्थानका चित्रबहादुर मगरका नौ वर्षीय छोरा निक्सन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
‘हात्ती किल्ला’ भन्ने स्थानमा स्काइभेटरले माटो खनेर पानी जमेको खाल्डोमा उनीहरु पौडी खेल्न गएका थिए । पौठी खेल्ने क्रममै उनीहरुको डुबेर मृत्यु भएको शनिश्चरे प्रहरी चौकीले जनाएको छ ।