गृहपृष्ठ » खेलकुद, मुख्य समाचारअर्जेन्टिना र ब्राजिलको खेल बाराबरीमा रोकियो

अर्जेन्टिना र ब्राजिलको खेल बाराबरीमा रोकियो

November 14, 2015२६६ पटक

Argentina and Brazil

काठमाण्डु, २८ कात्तिक– विश्वकप छनौट प्रतियोगितामा अर्जेन्टिना र ब्राजिलले बराबरी खेलेका छन् । विश्वकप २०१८ को दक्षिण अमेरिका क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत शनिबार बिहान अर्जेन्टिनाको राजधानी ब्युसनेस आएरमा भएको खेलमा ब्राजिलले घरेलु टोली अर्जेन्टिनालाई १–१ को बराबरीमा रोकेको हो । खेलको ३४औं मिनेटमा एजिक्युल लाभेजीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा अर्जेन्टिना १–० ले अघि रहेपनि खेलको ५८ औं मिनेटमा ब्राजिलका लुकास लिमाले गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो । ८८औं मिनेटमा डेभिड लुइज रातोे कार्ड पाएपछि मैदानमा ब्राजिल १० खेलाडीमा सिमित भएको थियो । अर्जेन्टिनाले अब छनौट प्रतियोगितामा आउँदो मंसिर १ मा कोलम्बियासँग तथा ब्राजिलले पेरुसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण