गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारविष्फोटपछि फ्रान्सका राष्ट्रपतिलाई नै जोगाउन धौ-धौ परेको थियो (हेरौ भिडियो)

विष्फोटपछि फ्रान्सका राष्ट्रपतिलाई नै जोगाउन धौ-धौ परेको थियो (हेरौ भिडियो)

November 14, 2015१६१ पटक

फ्रान्सको पेरिसस्थित सात स्थानमा एकै पटक आंतककारी हमलाहरु भएका बताइएको छ । सो आक्रमणमा परेर १२ जना भन्दा बढीको मृत्यु भएको बतायएको छ । ती मध्येको एक शक्तिशाली हमला बाटाक्लान क्षेत्रमा रहेको एक नाट्यशालामा भएको थियो । सो नाटकघरमा एक अमेरिकी ब्याण्डले गीत संगीत प्रस्तुत गरिरहेको थियो । त्यस क्रममा आतंककारी हमला भएको थियो । सो कार्यक्रमस्थलमा मात्र करिब १०० जना मारिएका थिए । त्यहाँ आतङ्ककारीहरुले बन्दुकले अन्दाधुन्ध गोली चलाएका थिए । सयौँ व्यक्ति खचाखच रहेको हलमा कार्यक्रम हेरिरहेको बेला सो हमला भएको बताइएको छ । त्यस नजिकैको राष्ट्रिय रंगशाला, स्टेट डि फ्रान्समा भएको थियो । सो रंगशालामा फ्रान्स र जर्मनीबीचको मैत्रीपूर्ण फुटबल भइरहेको थियो । सो फुटबल खेल रातिको करिब ९ बजेतिर भएको थियो । सो खेलकुद म्याचमा फ्रान्सेली राष्ट्रपति फाँसा अल्याण्ड पनि उपस्थित थिए । राष्ट्रपति नै उपस्थित सो समारोहमा अकस्मात विस्फोट हुन थालेपछि ठूलो आतंक मच्चिएको थियो । उनलाई प्रहरीले बल्ल तल्ल सुरक्षास्थतर्फ पुराएको थियो । आक्रमणपछि सो रंगशालालाई प्रहरीको हेलिकोप्टरले घेरा हालेको थियो । सुरक्षा अवस्था तत्कालै कडा पारिएको थियो । सो रंगशालामा पनि मानिस हताहती भएको बताइएको थियो । त्यसैगरी अन्य छ वटा क्षेत्रमा भएका हमलामा परी ती मानिस मारिएको बताइएको छ । आक्रमण लगत्तै देखिएको सो रंगशालाको दृष्य यस्तो थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण