गृहपृष्ठ » मुख्य समाचार, समचारमोर्चाद्वारा एमाले कार्यालयमा आगजनी

मोर्चाद्वारा एमाले कार्यालयमा आगजनी

November 14, 2015१४४ पटक

parsa map
वीरगन्ज, २८ कात्तिक-आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले शनिबार बिहान वीरगन्ज उपमहानगरपालिका रामगढवास्थित नेकपा एमाले पर्साको कार्यालयमा आगजनी गरेका छन् ।

मोर्चाका कार्यकर्ताले एमाले पार्टीले मधेस आन्दोलनको विरोधमा केन्द्रको निर्देशनानुसार अञ्चलस्तरीय चियापान कार्यक्रम आयोजना गर्न लागिएको जनाई त्यसको प्रतिकारस्वरुप आगजनी गरेको बताइएको छ ।

मोर्चाले शुक्रबार प्रेस विज्ञप्ति प्रकाशन गरी एमाले पर्साले शनिबार गर्ने चियापान कार्यक्रमलाई बिथोल्ने चेतावानी दिएको थियो । तिहार र छठ पर्वको अवसर पारेर एमालेको भ्रातृ सङ्गठन युवा सङ्घ पर्साले शनिबार बिहान पार्टी कार्यालयमा अञ्चलस्तरीय चियापान कार्यक्रम राखेको थियो । आगजनीपछि चियापान स्थगन भएको छ । आगजनी गरेपछि मोर्चाका कार्यकर्ताले पार्टी कार्यालय अगाडि टायर बालेर केही बेर प्रदर्शनसमेत गरेका थिए ।

एमाले पर्साले भने तिहार र छठ पर्वको उपलक्ष्यमा पार्टीले कुनै चियापान कार्यक्रम नराखेको जनाएको छ । पार्टीका जिल्ला सचिव गङ्गा खड्काले पार्टी कार्यालयमा आज चियापान कार्यक्रम गर्ने पार्टीको कुनै निर्णय नभएको जनाउँदै पार्टी कार्यालयमा आगजनी गर्नु ज्यादै दुःखद् घटना भएको बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण