गृहपृष्ठ » मुख्य समाचार, राजनीतिनागरिक अगुवाद्वारा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई समस्या समाधान गर्न माग ।।

नागरिक अगुवाद्वारा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई समस्या समाधान गर्न माग ।।

November 14, 2015१८२ पटक

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका नागरिक अगुवाले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेटगरि मुलुकमा जारी समस्याको समाधान गर्न आग्रह गरेका छन् । दाहाल निवास लाजिम्पाटमा भएको भेटमा तराई–मधेसमा जारी आन्दोलन र दुई महिनादेखिको भारतको अघोषित नाकाबन्दीका कारण अस्तव्यस्त बनेको जनजीवन र अर्थतन्त्रलाई सार्थक निकास दिन आन्दोलनकारीका जायज माग पूरा गर्न आग्रह गरिएको छ । नाकाबन्दी र जारी आन्दोलनबाट सिर्जित समस्यालाई सकारात्मकरुपमा समाधान गर्न नागरिक अगुवाले विभिन्न राजनीतिक नेतृत्वसँग भेटघाटको सुरुवात गरेको भेटमा सहभागि नागरिक अगुवाहरु डा. देवेन्द्रराज पाण्डेले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण