गृहपृष्ठ » मुख्य समाचार, राजनीतिभारतसँग कुनै पनि हालतमा आत्मसर्मपण गर्दैनौंः मन्त्री शर्मा

भारतसँग कुनै पनि हालतमा आत्मसर्मपण गर्दैनौंः मन्त्री शर्मा

November 14, 2015२११ पटक

दाङ–सामान्य प्रशासन मन्त्री रेखा शर्माले भारतसंग कुनै पनि हालतमा आत्मसर्मपण नगर्ने बताएकी छन् ।
हापुरे उद्योग बाणीज्य संघले आज पुरन्धारा २ हापुरेमा गरेको स्वागत कार्यक्रममा उनले देशको संकट समाधानका लागि भारत संग नझुक्ने बताएकी हुन् । rekha sharma
नेपाली जनता आत्मनिर्भर नहुदा सम्म यस्ता समस्याहरु आइरहने भन्दै उनले वर्तमान समस्याको समाधान सरकारले जसरी भए पनि गर्ने बताइन् ।
चाइना र बंगलादेश संग गरिएको सहमति दिर्घकालीन समाधान नभएको भन्दै उनले भारतलाई दिने बस्तुको उत्पादन पनि नेपालले गर्नु पर्ने बताइन् । “भारत पनि नेपाल संग आत्मनिर्भर हुने अबस्था भइदिएको भए यस्तो अबस्था आउने थिएन् , एकोहोरो भारत संग ल्याउदा उसले नाकाबन्दि गरेर नेपालीजनतालाई ठूलो दुःख दियो ’, उनले भनिन् ।

त्यसैगरी उनले कर्मचारी प्रशासनलाई चुस्त र दुरुस्त पार्ने बताउदै त्यसका लागि सबै सरकारी कार्यालयमा गुनासो पटेकीका राख्ने काम भइरहेको समेत बताइकी छन् ।
विचारका आधारमा कसैलाई काखा र पाखा नगर्ने भन्दै मन्त्री शर्माले मालपोत, यातायात, नापी जस्ता जनताको बढी भिडभाड र कामकाज हुने सरकारी अड्डामा हुने ढीलासुस्तीको अन्त्य गर्ने बताइन् । त्यसैगरि उनले कर्मचारीले शासक नभइ सेवक भएर काम गर्न समेत बताएकी छन् ।

आन्दोलनरत पक्ष संग वार्ता गर्न बनेको समितिका सदस्य समेत रहेकि शर्माले आन्दोलनरत मेधेसीदलहरुलाई आफना मागलाई पुर्नरविचार गर्न आग्रह गरेकि छन् ।“मेरो गोरुको बाह्रै टक्का नगरि मागलाई पर्नरविचार गर्नुहोस, सरकार पनि आफनो अडानबाट केहि पछि हट्नु पर्छ र विचबाटोबाट समस्याको निकास खोज्न पर्छ’, उनले भनिन् ।
एक प्रदेश एक मधेशको मागबाट पछि हट्न उनले आन्दोलनरत दललाई आग्रह गरिन् । अहिले देखिएको मुख्य समस्या भनेको सिमाङ्कनको भएको भन्दै उनले यसलाई राजनीतिक तहमा मिलाउनु पर्ने बताइन् ।

सोहि कार्यक्रममा विश्व वन महासंघ संजालका संयोजक घनश्याम पाण्डेले दाङ निर्माणका लागि सबै राजनीतिक दलहरु संगठित भएर अघि बढ्नु पर्ने बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण