गृहपृष्ठ » मुख्य समाचार, राजनीतिदर्जनौ दलित नेता घाइते हुँदासमेत प्रतिपक्ष दलको मुद्दा बनेन: नेताहरू

दर्जनौ दलित नेता घाइते हुँदासमेत प्रतिपक्ष दलको मुद्दा बनेन: नेताहरू

August 8, 2015३१५ पटक

dalit-lathi-parharकाठमाण्डु, २३ साउन-आन्दोलनका क्रममा दर्जनौँ दलित नेता तथा कार्यकर्ता घाइते हुँदासमेत प्रतिपक्ष दलको मुद्दा बन्न नसकेको भन्दै गुनासो गरिएको छ ।

दलित नागरिक समाज र समता फाउन्डेसनद्वारा शनिबार आयोजित ‘नयाँ संविधानमा दलित अधिकार सुनिश्चितका लागि पैरवी संवाद’ विषयक अन्तत्र्रिmयामा दलित नेता तथा अधिकारकर्मीले अन्य समुदायले उठाएका सामान्यभन्दा सामान्य मुद्दा पनि प्रतिपक्ष दलले संसद्मा मुद्दा बनाए पनि दलितको सवालमा कुनै चासो नदिएको दुःखेसो गरे ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् मीन विश्वकर्माले झडपका क्रममा दर्जनौँ दलित नेता तथा कार्यकर्ता घाइते हुँदासमेत प्रतिपक्ष दल र दलका नेताहरू यसप्रति समबेदानशील नहुनु दुःखको कुरा भएको बताए ।

सो झडपमा करिब २५ दलित नेता तथा कार्यकर्ता गम्भीर घाइते भएका थिए । नेकपा एमालेका नेता तथा सभासद् जीतु गौतमले बिजुली बजार झडपमा संलग्न प्रहरीलाई कारबाही गरिनुपर्ने, घाइतेलाई सरकारले उपचार गर्नुपर्ने माग गरे ।

नेपाली काँग्रेसका नेता तथा सभासद् मानबहादुर विश्वकर्मा, एकीकृत नेकपा माओवादीका नेता तथा सभासद् दलजीत श्रीपाइली, सभासद्हरू कमला विश्वकर्मा, टेकु नेपाली, सुजता परियार र नागरिक समाजका अगुवा पदम सुन्दासले आफ्ना मागप्रति यसरी नै बेवास्ता गरिए संसद् अवरुद्ध गर्दै कडाभन्दा सङ्घर्षका कार्यक्रम गर्ने चेतावनी दिए ।

दलित समुदायको सवालमा पहिलो संविधानसभाले पारित गरेका विषयलाई मस्यौदामा कटौती गरिएको भन्दै धर्ना, चक्काजाम, अन्तक्र्रिया, जुलुस, पदयात्रालगायत सङ्घर्षका कार्यक्रम सम्पन्न गरेका दलित समुदायले शुक्रबार दोस्रो चरणका कार्यक्रम सार्वजनिकसमेत गरेका छन् ।

तेह्र प्रतिशत जनसङ्ख्या रहेको दलित समुदायको संविधानसभामा ४० जना सभासद्को सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण