गृहपृष्ठ » मुख्य समाचार, राजनीतिकांग्रेस र मधेसी मोर्चाबीच नयाँ सहमति (फोटो फिचरसहित)

कांग्रेस र मधेसी मोर्चाबीच नयाँ सहमति (फोटो फिचरसहित)

November 14, 2015२०७ पटक

Congress-Madesi-Morchaकाठमाडौँ, २८ कात्तिक । मधेस आन्दोलनलाई सम्बोधन गर्ने सन्दर्भमा नेपाली काँग्रेस र मधेसकेन्द्रित दलबीच शनिबार पहिलोपटक छलफल भएको छ ।

सिंहदरबारस्थित नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा भएको छलफलपछि सञ्चारकर्मीलाई जानकारी दिँदै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी मोर्चाले उठाएका मुद्दामा सकारात्मक छलफल भएको बताए ।

उनले भने– ‘छलफलमा दुबै पक्षले आ–आफ्ना धारणा राख्यौ, कांग्रेसका नेताहरुले माग सम्बोधनका लागि संसदमा मिलेर जाने प्रस्ताव राख्नुभयो । हामीले सहमति जनाएका छौं । तर, तत्कालै आन्दोलन फिर्ता हुँदैन् ।’ उनले सरकारले मधेसका मागलाई गम्भीरता साथ दिनुपर्ने समेत बताए ।

बैठकमा काँग्रेसका कावा सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य महेश आचार्य र सचेतक ईश्वरी न्यौपाने सहभागी थिए ।

त्यसैगरी मधेसी मोर्चाका तर्फबाट तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव, सङ्घीय समाजवादी फोरम नेपालका उपेन्द्र यादव र नेता अशोककुमार राई, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र हृदयेश त्रिपाठी तथा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण सहभागी थिए ।

काँग्रेसले तराई मधेस समस्या समाधान गर्न आफ्नो नेतृत्वको सरकारले संसद्मा पेस गरेको संविधान संशोधन प्रस्ताव अविलम्ब पारित हुनुपर्नेमा जोड दिँदै आएको छ भने प्रमुख प्रतिपक्षी दल काँग्रेसबिनाको सरकारी वार्ता टोलीले मात्र निकास ननिकाल्ने सार्वजनिक अभिव्यक्ति आन्दोलनरत दलले दिँदै आएका छन् ।Upendra

Mahesh-AcharyaMahesh-Acharya-1  CongressUpendra-1

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण