गृहपृष्ठ » मुख्य समाचार, समचारसामाचकेवा पर्वको चहलपहल सुरु ।।

सामाचकेवा पर्वको चहलपहल सुरु ।।

November 15, 2015१३६ पटक

तराईमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीका रुपमा मनाइने सामाचकेवा पर्वको चहलपहल सुरु भएको छ ।

यस पर्वको अवसरमा माटाको कलात्मक मूर्ति बनाएर पूजापाठ गर्ने गरिन्छ । कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन मूर्ति बनाउनका लागि माटो ल्याउने र पन्ध्र दिनका अवधिमा मूर्ति तयार गरेर कात्तिक पूर्णिमाको मध्यरातमा यो पर्व सम्पन्न गरिन्छ । माटाका विभिन्न प्रकारका जनावर, चरा र मानवलगायतका मूर्ति बनाइन्छ । यो पर्व मैथिली र थारु समुदायका महिलाले मनाउने गर्छन् । ग्रामीण क्षेत्रमा अझै पनि पर्वको लोकप्रियता कायम छ भने तराईका सहरी क्षेत्रमा क्रमिक रुपमा यस पर्वप्रतिको आकर्षणमा कमी आएको महसुस गर्न थालिएको छ । काँचो माटाबाट बनाइएका मानव, चरा र जनावरलगायतका मूर्तिलाई ‘सामा’ भनिन्छ भने त्यसलाई आगोमा पकाएमा ‘चकेबा’ भनिन्छ । यो पर्वमा दिदीबहिनीले पर्वको अवधिभर बेलुकीका समयमा दाजुभाइको प्रशंसाका साथै आशिष दिने खालका सामा गीत गाउने गर्छन् । गीतका माध्यमबाट दिदीबहिनीले आआफ्ना दाजुभाइलाई ठूला व्यक्ति बन्ने आशिष एवम् शुभकामना दिने चलन छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण