आज प्रमुख दलले मधेसी मोर्चासँग सयुक्त छलफल गर्ने ।।
मधेसी मोर्चासँग प्रमुख दलहरुले वार्ता गर्ने भएका छन् । सरकारमा रहेका नेकपा एमाले एकीकृत नेकपा माओवादी र विपक्षी दल नेपाली कांग्रेसका नेताहरुले उच्च तहमा नै वार्ता गर्ने तयारी गरेका छन् । हिजोको सहमति अनुसार आज उच्च तहको वार्ता गर्ने नेताहरुले बताएका छन् । मधेसी मोर्चा राखेको संघियसीमाका विषयमा मुख्य गरी दलहरुबीच छलफल हुनेछ । मधेसी मोर्चाले तराई मधेसमा दुई प्रदेशको अडान राखेकाले त्यसमा प्रमुख दलका तर्फबाट धारणा पेश हुनेछ । हिजो एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसले मोर्चाका नेताहरुसँग छुट्टाछुट्टै छलफल गरेका थिए । आज गर्ने वार्ताको समय भने तय भइसकेको छैन । सुशील कोइराला नेतृत्वको सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकलाई पनि अगाडि बढाउने र सीमांकनका विषयमा आयोग बनाउने सरकारमा रहेका दहरुको अडान छ ।