गृहपृष्ठ » खेलकुदफिना विश्व च्याम्पियनसिपमा सोफियाले राखिन् राष्ट्रिय कीर्तिमान

फिना विश्व च्याम्पियनसिपमा सोफियाले राखिन् राष्ट्रिय कीर्तिमान

August 4, 2015३११ पटक

१९ साउन, काठमाडौं । १६ औं फिना विश्व च्याम्पियनसिपमा नेपालकी सोफिया शाहले पौडीको २०० मिटर फि्र स्टायलमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।sofia-shah  रुसको कजानमा आयोजना भइरहेको फिना विश्व च्याम्पियनसिपमा दुई सय मिटरको दूरी २ मिनेट १८.९३ सेकेन्डमा पूरा गर्दै शाहले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । यसअघि गौरीका सिंहको नाममा यो कीर्तिमान थियो । गत जेठमा काठमाडौंमा आयोजित २० औं खुला राष्ट्रिय पौडी प्रतियोगितामा सिंहले २ मिनेट १९.७२ सेकेन्डमा सो दुरी पूरा गरेकी थिइन् । सिंहको रेकर्ड तोडेकी सोफिया ६० औं स्थानमा आइन् । प्रतियोगितामा ६३ खेलाडीहरुको सहभागिता थियो । प्रतियोगिताको ५० मिटर ब्रेष्ट स्ट्रोकमा किरण कार्की ३४.९४ सेकेन्डमा निर्धारित दुरी पूरा गरे । ७६ जना खेलाडीमा कार्की ६९ औं स्थानमा रहे ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण