गृहपृष्ठ » मुख्य समाचार, समचाररुपैडिहाबाट ३१ ट्यांकर पेट्रोलियम पदार्थ भित्रियो

रुपैडिहाबाट ३१ ट्यांकर पेट्रोलियम पदार्थ भित्रियो

November 15, 2015१४० पटक

नेपालगन्ज–भारतीय कष्टमले सिमा प्रवेशको अनुमति दिएपछि आइतबार ठुलो परिमाणको इन्धन रुपैडिहाबाट नेपालगन्ज भित्रिएको छ। इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार आइतबार कुल ३१ ट्यांकर पेट्रोलियम पदार्थ भित्रिएको हो।

जसअनुसार २४ ट्यांकर डिजल, पेट्रोल र हवाई इन्धन ३÷३ ट्यांकर र मट्टितेल १ ट्यांकर भित्रिएको छ । इन्धन बाहेक अन्य ४४ वटा मालबाहक ट्रक तथा कन्टेनर पनि प्रवेश भएका छन्।
वीरगन्ज नाकामा करिव दुई साता अघि तनाव उत्पन्न भएको भोलीपल्ट माथिको आदेश भन्दै रुपैडिहास्थित भन्सारले पेट्रोलियम ट्यांकर र अन्य मालबाहक सवारी साधन नेपाल प्रवेशमा रोक लगाउँदै आएको थियो। त्यसयता भारतीय पक्षले थोरै परिमाणमा पेट्रोलियम ट्यांकर र मालबाहक सवारी साधन रोक्दै आएको थियो।
ईलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी सहायक निरीक्षक हरि गुरुङले भारतीय भन्सारले करिव दुई साताको अवधिभित्र आइतबार सबैभन्दा बढी इन्धन छाडेको बताए । इप्रका जमुनाहाको रेकर्ड अनुसार यसअघि शनिबार रुपैडिहाबाट डिजल ११ ट्यांकर, एलपी ग्याँस र हवाई इन्धन ५\५ ट्यांकर पेट्रोल र मट्टितेल १\१ ट्यांकर तथा अन्य ५७ वटा मालबाहक ट्रक तथा कन्टेनर भित्रिएका थिए।
यसैगरी शुक्रबार सोही नाकाबाट ६ ट्यांकर डिजल, ४ ट्यांकर हवाई इन्धन तथा ३३ वटा अन्य मालबाहक ट्रक भित्रिएको इप्रका जमुनाहा असई गुरुङले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण