गृहपृष्ठ » मुख्य समाचार, राजनीतिमोर्चाद्वारा सभाषद् पोखरेल माथि आक्रमण प्रयास

मोर्चाद्वारा सभाषद् पोखरेल माथि आक्रमण प्रयास

November 15, 2015२२८ पटक

विराटनगर–मोरङको झुर्कियामा एमाले सभाषद् ऋषिकेश पोखरेलमाथि आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले आइतबार दिउ”सो आक्रमणको प्रयास गरेका छन्।

झुर्कियामा आयोजित शुभकामना आदनप्रदान कार्यक्रम पछि मोर्चाका कार्यकर्ताले पोखरेलमाथि आक्रमणको प्रयास गरेका हुन्। मोर्चाको आक्रमणमा परी एमालेका दुई जना कार्यकर्तालाई सामान्य चोट लागेको एमाले मोरङका अध्यक्ष महेश रेग्मीले जानकारी दिए।

४० जनाको संख्यामा आएका मोर्चाका कार्यकर्ताले सभाषद् पोखरेल चढेको बा १३ च ३१४० नम्बरको गाडीसमेत तोडफोड गरेका छन्। मोर्चाले एमाले झुर्किया गाउ”कमीटी अध्यक्ष श्रीनारायण राजवंशीको घरमासमेत तोडफोड गरेको रेग्मीले जानकारी दिए। यसैबीच एमाले मोरङले प्रेस विज्ञप्ति प्रकाशित गरी झुर्कियामा भएको घटनाको भत्साना गर्दै आक्रमणमा संलग्नलाई कार्वाहीको माग गरेको छ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण