गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचार, विशेष, समचारदूतावासले फोन उठाउन छाडे पछी मलेसियामा कार्यरत लाखौ नेपाली श्रमिक मर्कामा ।

दूतावासले फोन उठाउन छाडे पछी मलेसियामा कार्यरत लाखौ नेपाली श्रमिक मर्कामा ।

November 15, 2015४७७ पटक

सुसान आचार्य मलेसिया कार्तिक २९

वैदेशिक रोजगारी को पहिलो गन्तव्य बनाउदै झन्डै सातलाख को हाराहारी मा नेपाली श्रमिक कार्यरत मलेसियामा बिगत लामो समय देखि नेपाली दूतावास मलेसियाले श्रमिक हरुको गुनासो ,जानकारी र समस्या राख्न भनी दियको दूतावास को फोन नम्बर मा कल गर्दा उठन छाडयको पीडित नेपाली हरुको गुनासो रहेको छ ।

विभिन्न समस्यामा पर्दा दूतावास मा सहयोग र सुझाव को लागि फोन गर्दा उठनै छाडय पछि आफुहरुले अब समस्या राख्न र सहयोग पाउन गार्‍हो भएको पीडित नेपाली हरुको गुनासो आउन थालेको छ ।
सम्झौता अनुसार काम नपाउदा बिगत लामो समय देखि मलेसियामा अलपत्र परेका सिन्धुलिका उज्वल खड्का ले प्रत्यक्ष सम्पर्क मा भने मलेसियामा आउदा तोकिय अनुसार को काम र दाम दुबै पाइयन यहाँ ज्यान बचाउन पनि गार्‍हो भएको छ ।
मेनपावर ले कुनै सहयोग गर्न नसक्ने भन्दै पन्छियको छ अब दूतावास लाई महिनौ देखि सम्पर्क गर्दा पनि सम्पर्क हुन सक्दैन बल्ल तल्ल एक दिन सम्पर्क भएको थियो तर ब्यस्त भएको कारण देखाउदै फोन राख्दिय अब म घर फर्कन चाहान्छु तर मलाई कुनै जानकारी छैन म के गरौ उनले नेपाली दूतावास मलेसियाले पछिल्लो समय नेपाली श्रमिक समस्या मा पर्दा समेत वास्ता गर्न छोडयको भनी आक्रोश पोखेका छन ।
यस्तै तनहु सुक्ला गण्डकी का उदय राज खनाल ले तीन महिना अधि देखि एम आर पि राहदानी बनाउन को लागि पेस गरे पनि आज सम्म दूतावास बाट कुनै जानकारी लिन नसक्दा आफू मर्कामा परेको जानकारी दियका छन ।उनी भन्छन् हस्तलिखित रहादानी को समय अबधि सकिन अब केहि दिन मात्र बाकी छ सेक्युरेटि कम्पनीमा काम गरेको हुदा छुट्टी दिदैन दूतावास ले एस एम एस सेवा पनि बन्द गर्यो फोन उठदैन अब कसरी बुझौ ।आफू अब अबैधानिक हुन सक्ने भन्दै दूतावासले नेपाली श्रमिक का समस्या बुझेर सरल र ब्यबस्थित सुबिधा दिनुपर्ने उन को भनाइ रहेको छ ।
यता नेपाली दूतावास मलेसिया ले भने नेपाली श्रमिक को सुबिधा को लागि दूतावास मा तीन वटा लाइन फोन रहेको र दिनमा धेरै को गुनासो आउने हुदा सबैको कल लिन नसक्यको जानकारी दियको छ ।
पछिल्लो समय मलेसियामा दैनिक सयौ को सङ्ख्यामा नेपाली श्रमिक कहि न कहि पीडित भै रहदा समेत सम्बन्धित निकाय मौन बस्ने गरेको र श्रमिक का गुनासो हरु सुन्नै छाडयको भनी अधिकाम्स नेपाली हरुले गुनासो गर्न थालेका छन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण