गृहपृष्ठ » खेलकुद, मुख्य समाचारविश्व क्रिकेट लिग च्यापियनसिप : नेपाल पपुवान्युगिनीसित पराजित

विश्व क्रिकेट लिग च्यापियनसिप : नेपाल पपुवान्युगिनीसित पराजित

November 16, 2015२६९ पटक

काठमाडौं, कात्तिक ३० –  (अपडेट) आइसिसी विश्व क्रिकेट लिग च्यापियनसिपको तेश्रो खेलमा पनि नेपाल पराजित भएको छ । युएईमा भएको खेलमा नेपाल पपुवा न्युगिनीसँग २ विकेटले पराजित भयो ।

जितका लागि पाएको २ सय ३३ रनको लक्ष्य पपुवा न्युगिनीले खेल सकिन ३ बल बाँकी छँदै भेट्टायो । पपुवा न्युगिनीका असाद भालाले ८७ रन बनाए । नेपालका पारस खड्का र मेहबुब आलमले समान २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले आठ विकेट गुमाएर २ सय ३२ रन बनाएको थियो । नेपालका लागि शरद भेष्वाकरले ८२ बल खेल्दै ५ चौकाको मद्दतले ७८ रन बनाए ।

ओपनर अनिल मण्डल पहिलो बलमै आउट भए भने अर्का ओपनर सुवास खकुरेलले १ सय ४ बल खेल्दै ६३ रन बनाएका छन् । ज्ञानेन्द्र मल्लले २३ रन बनाए । वसन्त रेग्मीले नटआउट रहेर २३ बल खेल्दै २४ रन बनाए ।

पपुवा न्यु गिनीका लागि भालाले तीन, डाइले दुई र भानुवा, सोपर र रेभाले १–१ विकेट लिए ।

नेपालसहित स्कटल्यान्ड, युएई, हङकङ, नामिबिया, पपुवा न्युगिनी, केन्या र नेदरल्यान्ड्स गरी आठ टोलीले एक अर्काबिच २(२ खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो चरणामा स्कटल्याण्डसँग खेलेका दुवै खेल हारेको नेपालले यो प्रतियोगिताको चौथो खेल पपुवा न्युगिनीसँग नै खेल्नेछ । यो खेल बुधबार युएईमा नै हुनेछ ।

शीर्ष स्थानमा रहेको केन्या, स्कटल्याण्ड र नेदरल्याण्ड्सको समान ४ खेलबाट ६ अंक छ । पुछारमा रहेको नेपालले भने ३ खेल खेलिसक्दा पनि कुनै अंक जोड्न सकेको छैन ।

खेलको भिडियो

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण