गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारआइएसका ११६ तेल ट्यांकरमा हवाई आक्रमण

आइएसका ११६ तेल ट्यांकरमा हवाई आक्रमण

November 16, 2015१७६ पटक

मंसिर १ – अमेरिका नेतृत्वको सेनाले सिरियामा बिद्रोही संगठन स्लामिक स्टेट आइएसका एक सय १६ वटा तेल ट्यांकरमा हवाई आक्रमण गरेको छ । पूर्वी सिरियामा रहेका आइएसका तेल ट्यांकरलाई लक्षित गरेर अमेरिका नेतृत्वको सेनाले हवाई आक्रमण गरेको हो ।

आइएसको नियन्त्रणमा रहेको अल्बु कमाल शहरमा भएको हवाई आक्रमणमा तेल ट्यांकर निशाना बनेको समाचार संस्था एएफपीले जनाएको छ । सबै ट्यांकर एउटै हवाई आक्रमणको निशाना बनेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।

तेलको कालोबजारी आइएसको आम्दानीको मुख्य स्रोत मानिदै आएको छ । आइएसले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रको तेल उद्योगबाट हरेक वर्ष ५० करोड अमेरिकी डलर लिने गरेको अनुमान छ । तेल लोड गरेर हिँड्न लागेका ट्यांकर हवाई आक्रमणको निशाना बनेको गठबन्धन सेनाले जनाएको छ ।

– एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण