क्याथे प्यासिफिकले बनायो आफ्नै जहाज (फाेटाे)
हङकङ– हङकङको एयरलाइन कम्पनी क्याथे प्यासिफिकले अाफैँले जहाज निर्माण गरेकाे छ। सिङ्गल इन्जिन साे जहाजले अाइतबार सफलतापूर्वक परीक्षण उडान गरेकाे हाे।
हङकङमै निर्माण र दर्ता गरिएको सो जहाजले आइतबार हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाटसफल उडान गरेको हो।
कम्पनीले जहाजको नाम बी–कू इन्सिपिरेसन राखेको छ। यसलाई क्याथेप्यासिफिकका पाइलट हाङ्क चाङको सपनाको भनिएको छ। सो जहाज निर्माणका लागि ११ जनाको विशेष समूहले काम गरेको थियो। जहाज निर्माण गर्न ५ सय विद्यार्थी, नागरिक उड्डयन इन्जिनियर तथा क्याथे प्यासिफिकका पाइलटहले सहयोग गरेका थिए।
आरभी–८ सिङ्गल इन्जिन जहाज बनाउन सात वर्ष लागेको कम्पनीले जनाएको छ।