गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचारउडिरहेको हेलिकोप्टरमै बच्चा जन्मिएपछि…

उडिरहेको हेलिकोप्टरमै बच्चा जन्मिएपछि…

November 17, 2015३०७ पटक

simrik-air-2१ मंसिर, काठमाडौं । सोलुखुम्बु चौलीखर्चकी एक गर्भवती महिलाले हेलिकोप्टरमै बच्चा जन्माएकी छन् । दुईदिनदेखि बिरामी खत्री थरकी ती महिलाले बच्चा जन्माउन नसकेपछि सिमि्रक एयरको हेलिकोप्टर उद्धारका लागि सोमबार बिहान त्यसतर्फ गएको थियो ।

हेलिकोप्टर बिरामी लिएर उपचारका लागि काठमाडौं आउँदै गर्दा जिरी नजिक आइपुगेपछि उडिरहेकै बेला बच्चा जन्मिएको अन्नपूर्ण पोस्टमा खबर छ ।

हेलिकोप्टरका क्याप्टेन विवेक खड्काले भने,-‘उड्दै गरेको बेला पछाडिबाट केही भनेजस्तो लाग्यो । मैले हेडसेट दिएर लगाउन भने र के भो भनेर सोधेँ, उहाँले बच्चा जन्मियो भन्नुभयो ।’

बच्चा जन्मिएपछि सुत्केरी महिलाका पति र अर्की एक आफन्तलाई हेलिकोप्टर बीच बाटोमै अवतरण गर्ने कि भनेर खड्काले सोधेका थिए । ‘उहाँहरुले काठमाडौं नै लैजाने भनेपछि मैले काठमाडौं पुर्‍याए,’ उनले भने ।

सुत्केरी महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा राखिएको एम्बुलेन्समा राखेर अस्पताल लगिएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण