गृहपृष्ठ » मुख्य समाचार, समचारभोलीबाट शुरु हुने न्वागी मेलाको तयारी पुरा, सभासद छन्त्यालले उद्घाटन गर्ने

भोलीबाट शुरु हुने न्वागी मेलाको तयारी पुरा, सभासद छन्त्यालले उद्घाटन गर्ने

November 17, 2015१८२ पटक

न्वागी खाने समय बिहान ९ बजेर २३ मिनेटमा ।।

अनिश गैरे, प्रकाश घिमिरे वामी गुल्मी ।। 
मँसिर ०१ गते ।।

बाग्लुङ्को ग्वालीचौरमा हुन गईरहेको पश्चिमाञ्चल बिकास क्षेत्रकै ठुलो स्थानीय पर्व अर्थात न्वागी मेला बाग्लुङ् क्षेत्र नम्बर ३ कि सभासद ज्ञानकुमारी छन्त्यालले उद्घाटन गर्नुहुने भएको छ । मेलाको तयारी पनि अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । यस महोसबलाई पौदी बासीहरुले त्यस क्षेत्रकै पर्वको रुपमा मनाउने गर्दछन । महोत्सबमा लाखौको कारोबार हुने गरेको छ । त्यस क्षेत्रका उत्पादनहरुको प्रबद्र्धन तथा प्रोत्साहन गर्ने उद्धेश्यका साथ कृषि मेला प्रदर्शनी गर्ने गरिन्छ । कृषकहरुले उत्पादन गरेका नगदे, हिउदे, खाद्यान्न, बेमौसमी लगायतका कृषि प्रदर्शनी हरु प्रदर्शन गरेवापत कृषकहरुलाई सम्मान गर्ने गरिएको पौदी न्वागी मेला ब्यबस्थापन समितिका संयोजक कलाधर घिमिरेले जानकारी दिनुभयो । स्थानीयका अनुसार त्यस क्षेत्रमा उत्पादन हुने जर्डन प्रजातीको धानलाई दहिमा भिजाई, केरा, सिलाम, चिनी राखी स्पादिष्ट न्वागी बनाई खेत भएका र नभएका दुबैले खाने गरेका छन । खेत भएका हरुले खेत नभएकाहरुलाई पनि निम्ता गर्छन भने आफना आफन्त, ईष्टमित्रलाई पनि न्वागी खुवाउने प्रचलन रहेको छ । दशकौ देखी त्यस क्षेत्रमा न्वागी खाने मेला लाग्ने गरेको छ । यसैबिच न्वागी खाने साईत बुधबार अर्थात २ गते बिहान ९ बजेर २३ मिनेटमा रहेको र खाने बेलामा पुर्व तिर फर्कनु पर्ने ग्वालीचौर समाज कल्याण केन्द्रका सचिब प्रदिप खरेलले जानकारी दिनुभयो ।
परापुर्व कालमा स्थानीय हरुले बाजा गाँजा बजाउने, भैलो तथा सोरठी गाएर मनाउने गरिएको यस पर्वलाई आजकल आधुनिकताले छोपेको बुढापाकाहले गुनासो गर्ने गरेका छन । मेलाको अबसरमा बिभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु सम्पन्न हुने गरेका छन । यस बर्ष पनि पुरुष भलिबल, रेकर्ड डान्स, दोहोरी, हाजिरी जवाफ, कृषि मेला प्रदर्शनी, सटफुट, सोरठी भैलो लगायतका कार्यक्रमहरु सम्पन्न हुने पौदी न्वागी मेला ब्यबस्थापन समितिका सचिब बिष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो । पुरुष भलिबल प्रतियोगीतामा प्रथम हुने समुहले रु ५५ हजार ५ सय ५५ रुपैया हात पार्नेछन भने द्धितिय हुनेले ३६ हजार ६ सय ६६ रुपैया हात पार्नेछन । त्यस्तैगरी रेकर्ड डान्समा प्रथम हुनेले २५ सय २५, द्धितिय हुनेले १५ सय १५ तथा तृतिय हुनेले ९ सय ९९ रुपैया हात पार्नेछन । यस्तै खुल्ल दोहोरी प्रतियोगीतामा प्रथम हुनेले १५ हजार ५ सय ५५, द्धितिय हुनेले ८ हजा ८ सय ८८, अन्तर निमाबी हाजिरी जवाफमा प्रथम हुनेले ६ हजार ६ सय ६६, द्धितिय हुनेले ५ हजार ५ सय ५५ तथा सटफुट प्रतियोगीतामा १५ सय १५ पुरस्कार प्राप्त गर्ने त्याहाबाट प्रकाश घिमिरेले जानकारी दिनुभयो । कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक कृष्ण अखेली, राजेश बर्देवा, ज्योती लोहनी तथा पाखरेली धुर्मस, माग्ने बुढा,  र गणेश बस्नेतको बेजोड प्रस्तुती रहने छ । साहारा कला केन्द्रको नृत्य तथा क्यारिकेचर तथा सितारीयो कराते संघद्धारा डिमोन्सट्रेसन र काटा प्रदर्शन हुने आयोजकले जनाएको छ । कार्यक्रम मसिँर दुई गते मुधबार बाट ५ गते शनिबार सम्म सञ्चालन हुने बताईएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण