गृहपृष्ठ » मुख्य समाचार, समचार, सूचना प्रविधी, स्वास्थ्यलमजुङमा आलुको विऊ उत्पादन गरिने

लमजुङमा आलुको विऊ उत्पादन गरिने

November 21, 2015५०७ पटक

लमजुङ, मंसिर ५ – लमजुङमै पहिलो पटक आलुको शुद्ध विऊ उत्पादन गरिने भएको छ । जिल्ला कृषि विकास कार्यलयले राष्ट्रिय आलु बाली विकास कार्यक्रम खुमलटारको सहयोगमा कार्डिनल रातो आलु र खुमल उज्वल सेतो जातको विऊ उत्पादन गर्न लागेको हो ।

कार्यालयले ५० प्रतिशत अनुदानमा चक्रतिर्थ र नौथर सेरा सेवा केन्द्रमार्फत आलुका विऊ वितरण गरिने भएको छ । आलुमा लाग्ने विभिन्न रोग र किराबाट बचाउन शुद्ध विऊ उत्पादन गर्ने उदेश्यले जिल्लामै पहिलो पटक पूर्व मुल विऊ प्रि बेसिक सिड प्रविधि भित्राउन लागिएको जिल्ला कृषि कार्यलयका वागवानी विकास अधिकृत ज्ञानेन्द्रराज अधिकारीले वताउनुभयो ।

पाँच सय दाना पूर्व मुल विऊ आलुवाट पहिलो वर्ष ७५ किलो आलु उत्पादन गर्न सकिनेछ भने दोस्रो वर्ष ७५ किलोबाट ७ सय ५० किलो विऊ उत्पादन गर्न सकिनेछ । ७ सय ५० किलोले दश रोपनी जग्गामा लगाउँदा ७५ सय केजी विऊ उत्पादन गर्न सकिने कार्यलयले वताएको छ ।

यस्तै चौथो वर्ष ७५ सय केजीबाट एक सय रोपनी जग्गामा ७५ हजार किलो उन्नत आलु उत्पादन गर्न सकिने वागवानी विकास अधिकृत अधिकारीले वताउनुभयो ।

पाँच वर्षपछि उत्पादन भएको आलु खानको लागि प्रयोग गर्न सकिने अधिकारीले वताउनुभयो । जिल्लामा गत वर्ष १९ सय हेक्टर क्षेत्रफलमा २० हजार ८ सय ८० मेट्रिक टन आलु उत्पादन भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण