गृहपृष्ठ » फोटो ग्यालरी, विशेषपर्यटन । युद्ध र साँस्कृतिक पर्यटनको गन्तव्य रोल्पा ।

पर्यटन । युद्ध र साँस्कृतिक पर्यटनको गन्तव्य रोल्पा ।

August 8, 2015८०६ पटक

धनिराम शर्मा मध्यपश्चिमको राप्तीमा पर्ने पहाडी जिल्ला रोल्पा पर्यटन विकासमा धेरै पछाडि छ । यद्यपि दशक यता ग्रामीण पर्यटनलाई प्रवद्र्धन गर्न केही प्रयत्नहरु नभएका त होइनन् तर सार्थक बन्न सकेका छैनन् । राज्यको न्यून लगानी निजी क्षेत्रको ध्यान पुग्न नसक्नु र स्थानीयमा पर्यटन उद्यमीकरणको अभावमा पर्यटन प्रवद्र्धन हुन नसकेको हो । सरकारी तहबाट सन २०११ पछि रोल्पाको पर्यटन विकासका लागि सानोतिनो लगानी हुँदै आएका छन् । आर्थिक वर्ष २०७०÷७१ को तुलनामा गत वर्षको लगानीको औसत बढेपनि प्रगति उन्मुख देखिदैन । ठोस योजना र कार्यक्रमको अभावसँगै पर्याप्त लगानी अभावमा पर्यटन विकासको पाइलो निकै सुस्त छ । स्वदेशी तथा विदेशी पाहुनाको खोजीको गन्तव्य रोल्पा भएपनि पर्यटनका महत्वपूर्ण आधारको समुचित विकास र विस्तार हुन नसक्दा पर्यटनले गति लिन नसकेको विकासका जानकारहरु बताँउछन् ।jaljala rolpaपर्यटन उद्यमीकरणका लागि ठोस नीति र कार्ययोजना भएमा त्यसले आकार ग्रहण गर्दछ, दीर्घकालीन अल्पकालीन योजना निर्माण गरी योजना र कार्यक्रम निर्माण हुनसके पर्यटन उद्यमीकरणमा परिणाम हात पार्न सकिन्छ । त्यसका लागि सैद्धान्तिकरुपमा पर्यटनको विषयमा स्थानीय समुदायमा सचेतनामूलक जानकारी हुन आवश्यक हुन्छ । पर्यटकीय पहिचानपछि पहुँच र सेवा सुविधाको सही सूचनाको विकास गरिनु पर्दछ । यतिमात्र होइन स्थानीय तथा राष्टिय महत्व राख्ने हाम्रो मौलिक मूर्त या अमूत कला संस्कृति पहिचान उत्पादनका वस्तु वा सेवाको प्रवद्र्धन हुन नसक्दा पर्यटकीय वैभवताहरु ओझेलमा परेका हुन् । सामान्यतया पर्यटन हुनका लागि आधारभूत रुपमा आकर्षण, पहुँच र सेवासुविधाहरुको विकास हुनुपर्छ । यद्यपि आकर्षण गर्र्ने मूर्त या अमूर्त सम्पदाहरु (त्बलनष्दभि ७ क्ष्लतबलनष्दभि ज्बचष्तबनभ) पहिलो प्राथमिकतामा पर्दछ । त्यसको पहिचान गरी पर्यटकीय संभाव्यताको पहिचान र सही योजना निर्माण हुन नसकेपछि पर्यटन प्रवद्र्धनमा रोल्पा पछिल्लो लाइनमा देखिएको उनीहरुको मत छ । rolpa jaljalaकिङडम अफ मगर कल्चरले परिचित रोल्पा राप्ती अंचलको एक पहाडी जिल्ला हो । समुद्री सतहबाट ७०१ मिटर उचाइदेखि ३ हजार ६ सय उन्चालीस मिटर अग्लो भूभागमा फैलिएको छ । उच्च पहाडी वनस्पति जंगली जनावरहरुको बासस्थान रहेका जलजलाका आसपासका घना जंगल पर्यटकका लागि महिनौं रमाउने स्थान हुन् । समग्र राप्तीको दृश्यावलोकन गर्न मात्र होइन बसन्तमा फुल्ने अनेक थरिका गुराँस र गृष्ममा फुल्ने बुकी फूलले पाहुनालाई लठ्ठै बनाइदिन्छन् । वर्षमा तीन महिना हिउँ जम्ने जलजला (धरमपानी) अजंग बनेर रोल्पालीहरुको वीरता र सौर्यको इतिहास निर्माण गरेको मात्र होइन बर्तमानमा अवलोकन गरिरहेको हुन्छ । गृष्ममा बुकीले सिंगारिने जलजलाका घाँसे मैदान जस्ता साना साना खोँचहरुले पाहुनासँग लुकामारी खेल्ने गर्दछन् । यति मात्र होइन जलजलासँग वीरताको इतिहास साक्षी बनेर कोरिएको छ । राजनैतिक परिवर्तनको साइनो जोडिएको जलजला युद्ध पर्यटनको गतिलो गन्त्व्य हो । प्राकृतिक पर्यटन मात्र होइन युद्ध पर्यटनको संकेन्द्र बनेको रोल्पाको जलजला र त्यसको आसपासको मगरबस्तीहरु सांस्कृतिकरुपले निकै समृद्ध छन् । यद्यपि, ठोस योजनाको पर्खाइमा मूर्त या अमूर्त सम्पदाहरु हराउने खतरा उत्तिकै छ । रोल्पालीको मात्र होइन समग्र राप्तीबासीका अमूल्य निधि भएपनि संरक्षण र सम्वद्र्धन अभाव छ ।Thabang-2रोल्पा पर्यटकीय वैभवताले समृद्ध भएपनि जिम्मेवारहरुको बेवास्ताका कारण रोल्पामा अपेक्षाकृत प्रवद्र्धनात्मक काम हुन नसकेको साहित्यकार रमेश सुवेदी बताउँछन् । राप्ती साहित्य परिषदका केन्द्रीय सचिव समेत रहेका सुवेदीका अनुसार धार्मिक, साँस्कृतिक तथा युद्ध पर्यटन, प्राकृतिक वैभवपूर्ण पर्यटकीय गन्तव्यहरु छन् । पछिल्लो चरणमा रोल्पाबाट शुरु भएको जनविद्रोहले पनि रोल्पालाई संसारभर परिचित गरायो । प्राचीनकालबाटै मौजुद रहेका तथा पछिल्लो चरणमा थपिएका युद्ध पर्यटनका गन्तव्य प्रशस्त मात्रामा छन् । तथापि चाहेजस्तो पर्यटनको विकास हुनसकेको छैन । पर्यटनको विकासमा नेपाल सरकार, नेपाल पर्यटन बोर्ड, जिल्ला विकास समिति, यहाँबाट प्रतिनिधित्व गर्ने सभासदहरु, राजनीतिक दल तथा नागरिक समाज सबैको उत्तिकै जिम्मेवारी हुन्छ । रोल्पामा पर्यटनको विकासको लागि आन्तरिक तथा बाह्य दुबै बजेटले पर्यटनलाई प्राथमिकता दिएजस्तो लाग्दैन । पर्यटनको लागि समग्र पर्यटकीय गन्तव्यहरुको प्याकेजमै विकास र प्रबद्र्धनको लागि अध्ययन तथा अनुसन्धान हुनसकेको छैन । यसको लागि पर्यटन विकासको गुरुयोजना निर्माण गरी त्यसैअनुसार क्रियाकलाप सञ्चालन गर्न सके पर्यटनको विकासको पाँग्रो अघि बढ्न निश्चित भएको उनको विचार छ । – sunachhari-Rolpaजलजलालाई केन्द्रविन्दु बनाएर रोल्पाको पर्यटकीय गन्तव्य र त्यहाँसम्म पुग्ने रुट निर्धारण, पाहुनाको गास, बास, सञ्चार इत्यादिको विकास गर्न आवश्यक छ । त्यसलाई आधार मानेर रोल्पामा सडक संजालको विकास र विस्तार भएको छ पछिल्लो दशक यता । पर्यटन विकासको एउटा गतिलो पूर्वाधार सडक भएकोले यसको विकास र विस्तार बिना पर्यटन प्रवद्र्धन सम्भव हुँदैन । जिल्ला विकास समिति, गाउँ विकास समिति र सडक विभागहरुको सडक निर्माणमा ध्यान तानिएको छ । हालसम्म ६ सय अन्ठाउन्न किलोमिटर सडक रोल्पामा खुलेका छन् । करिब पचास किलोमिटर स्तरोन्नति (कालोपत्रे) भएको छ । एक नगरपालिका र ४९ गाविस रहेको रोल्पामा हालसम्म उवा गाविस बाहेक सबै गाविसमा हिउँदमा सवारी साधन गुड्ने गरेका छन् । होलेरीदेखि थबाङसम्मको शहिदमार्ग १ सय अठार किलोमीटर छ । लिबाङ–घर्तिगाँउ ३७ किलोमिटर, सुलिचौर– गाम ३६ किलोमिटर, सुलिचौर–फुलीबन–थबाङ पुग्ने सडक) २७ किलोमिटर, लिबाङ–होलेरी ६० किलोमिटर, होलेरी–सूर्पाल १५ किलोमिटर, माडीखोला–घोडागाँउ–सुर्पाल ९ किलामिटर, सुलिचौर–जेलबाङ (शान्तिगाँउ) २६ किलोमीटर, खुंग्री–लिबाङ पक्की सडक ३८ किलोमीटर सडक बिस्तार गरिएको छ । यसले भ्रमण गर्न चाहने स्वदेशी तथा विदेशी पाहुनालाई सडक सुविधा प्राप्त हुनेछ । खोलिएका सडकको गुणस्तरीयता र दिगोपनामा समस्या भने बाँकी नै छ । सूचना र सञ्चारमा रोल्पामा तीन वटा सामुदायिक रेडियो र साप्ताहिक पत्रिकाहरु प्रसारण र प्रकाशनमा छन् । सञ्चार प्रविधिमा रोल्पाका केही गाविस बाहेक अन्य सबैमा सूचनाको पहँुचको विस्तार भएको छ । त्यसको दिगो र गुणस्तरीयताको प्रश्न बाँकी नै छ । –Shahid-Gau-Mirulदाङको घोराहीबाट होलेरी, प्रभु महाराजको जन्मस्थल रुन्टी हुँदै सुर्पालबाट घोडागाउँ हुँदै खुंग्री–सुलिचौर–जेलबाङ अनि अर्काे रुट उवा हुँदै थबाङ जलजला हुँदै शहिदगाउँ मिरुल, कुरेली, घर्तिगाँउबाट होलेरी आएर रोल्पालाई फन्को मार्न सकिन्छ । यद्यपि शेरमको फूलीवनको सिरक्याङभीर रोल्पाको सडक विस्तारको चुनौति बनेको छ । दोस्रो रुटमा सुलिचौरदेखि लिबाङ हँुदै घर्तिगाँउ, सहिदगाउँ मिरुल अनि ऐतिहासिक गाउँ थबाङ पुग्न सकिन्छ । तेस्रोमा सदरमुकाम लिबाङबाट धबाङ हँुदै जलजला अनि थबाङको लागि पैदल रुट निर्धारण गरी भ्रमणकर्तालाई जलजला थबाङ पुराउन सकिन्छ । रोल्पाको सदरमुकाम लिबाङ मुख्य नगर हो भने दक्षिणी रोल्पाको नगर होलेरी र पूर्वको नगर सुलिचौर र पश्चिम रोल्पाको घर्तिगाँउ र जुँगार ग्रामीण नगर हुन् । यी नगरहरुमा आवासको सामान्य सेवासुविधा छ । त्यसैगरी रोल्पामा पछिल्लो चरणमा घरबास कार्यक्रम शुरु भएका छन् । जेलबाङ थबाङ माडीचौर र लिबाङमा कार्यक्रम सञ्चालन गर्न तत्कालीन स्थानीय विकास अधिकारी हिरालाल रेग्मीको पहलमा पर्यटकीय स्थानको अवलोकन गराइएपनि हालसम्म लिबाङ ८ स्थित गुरुङ गाउँमा कार्यक्रमको केही परिणाम देखिन थालेको छ । रोल्पा पुग्ने पाहुनाहरु ग्रामीण पर्यटनको अभ्यास हुँदै गरेको गुरुङगाउँमा पुग्ने गरेका छन् । गुरुङ संस्कृति र परिकारको स्वाद पाहुनाले लिने गरेका छन् । पाहुनाको चाप बढ्दै छ । अन्य प्रस्तावित गाउँहरुमा प्रगति हुन सकेको छैन । प्रगति हुन नसक्नुमा मुख्यतया जिम्मेवारहरुको बेवास्ता र स्थानीयको निष्क्रियता रहेको पर्यटनसँग चासो राख्नेहरुको प्रतिक्रिया छ । पर्यटनको अर्काे तत्व सरसफाईमा रोल्पा अहिले निकै अगाडि देखिएको छ । जिल्लाभर सरसफाईका अभियान चलेका छन् । सन २०१५ भित्र पूर्ण सरसफाइयुक्त जिल्ला घोषणा गरिने प्रतिवद्धता जनाएका छन् । यसले विस्तारै परिणाम दिएको सरोकारकावालाको दावी छ । –Satambha-Jaljala-Rolpaपर्यटकीय वैभवता भएपनि जिम्मेवार राजनैतिक दल र स्थानीय निकायको खासै ध्यान पुग्न नसकेको स्थानीय व्यवसायी सोम बुढामगर बताउँछन् । पर्यटनको क्षेत्रमा चासो राख्ने बुढामगर युद्धसँग प्रत्यक्ष सम्बन्धित हुन् । युद्ध पर्यटन र साँस्कृतिक पर्यटनमा रोल्पा अब्बल भएपनि दलका नेताको कानमा बतास नचलेको प्रतिक्रिया उनले दिए । केन्द्रबाट आउने बजेट खर्च गर्नेमा तानातान हुन्छ तर सिर्जनशील काममा नेताहरुको ध्यान जान नसकेको उनको आरोप छ । जिल्लामा एकीकृत योजना बन्ने र सोहीअनुसारका कार्यक्रम तय भएमा स्थानीय व्यवसायी नागरिक सबैको सहयोग रहने बुढामगरको कथन छ । sahid-Stamva-jelwang

रोल्पा भ्रमण गर्ने पाहुनाले विशेषगरी माआवादी विद्रोहको कारण र त्यसले पारेको प्रभावको अध्ययन अवलोकन, मगरसंस्कृतिले सम्पन्न रोल्पाका थबाङ, जंकोट, भावाङ, मिरुल, जेलबाङ, उवा लगायतका आदिम मगर संस्कृतिको स्वाद लिन सक्छन् । एक नगरपालिका र ४९ गाविस भएको रोल्पामा झण्डै ४५ प्रतिशत मगर समुदायको बाहुल्यता छ । मगर जीवनशैली, स्थानीय उत्पादन खेती प्रणाली, सामुदायिक एकता, सामुहिक भावना अमूल्य निधि छन् । भ्रमणकर्ताका लागि निकै महंगो विषय भएपनि हामीले त्यसको प्रवद्र्धन र बजारीकरण गर्न सकेका छैनौं । जलजला पुग्ने पर्यटकले उत्तरतर्फका धवलागिरी, पुथा, सिस्नेको अवलोकन अनि बुकी पाटनमा रमाउँदै मनोरञ्जन गर्न सक्छन् । जलजलाको बेस क्याम्प(खुटी) तिर वर्षातमा गोठालाले गाइबस्तु लैजाने र दूध दही उत्पादन हुने गर्दछ । रोल्पाको उच्च पहाडी भूभागमा गाइगोठ लैजाने चलन अझै प्रचलनमा छ । Shahid-Gau-Mirulजीविकोपार्जनका लागि मात्र गरिएको यस्ता खाले पशुपालन व्यवसायको उद्यमीकरण हुन सकेको छैन । पर्यटन उद्योगको विकास गर्न यस्ता उद्यमलाई व्यवसायीकरण गर्न आवश्यक छ । जलजला पहाडका आसपासका पहाडको जुन पर्यटकका लागि निकै महत्पूर्ण हुन् । उच्च पहाडी क्षेत्रमा चरिचरण गर्ने गाइभैंसीको दूध निकै अर्गानिक भएको पुष्टि भएको छ । हामीले पर्यटन योजना र सोहीअनुसारको कार्यक्रम बनाउन सकेका छैनौं । जलजला आसपासका पहाडमा फल्ने आलु निकै अर्गानिक छ । कृषिलाई प्रवद्र्धन गरी कृषि पर्यटनको रुपमा पनि विकास गर्न सकिने भएपनि त्यतातर्फ कसैको कानमा बतास चलेको छैन । Jana-commune-at-thabangखुंग्री, घोडागाउँ र माडीचौर जस्ता ससानो बेसी क्षेत्र कृषिका उपयुक्त स्थान हुन् । एकताका राजनीतिक आन्दोलनको उर्वर भूमिको रुपमा चर्चा बटुलेको रोल्पा समुद्री सतहबाट ७ सय १ मिटरदेखि ३६३९ मीटर उचाईको भूबनौटमा अवस्थित छ । आदिवासी मगर समुदायको बाहुल्यता रहेको रोल्पाका माडी र लुंग्री जस्ता जलाधारले समृद्ध छन् । उर्जा र पर्यटन कृषिको प्रवल सम्भावना भएको रोल्पा पाहुनाका लागि उचित गन्तव्य हो । प्रभु महाराजको जन्मभूमि रुन्टी, त्रिपूरेश्री मन्दिर खुंग्री, गजुलकोटे दरबार, खुंग्रीकोट दरबार, जंकोटको मगर राजा दरबार, जलजला बजु बराह, जुँगारको शिवगुफा, चतुर्भूज ब्रम्हले तपस्या गरेको स्थल इत्यादि धार्मिक तथा साँस्कृतिक गन्तव्य हुन् । जलजला, सुनछहरी झरना, विवाङ दह, उवाको जन्तरे लेक इत्यादि पर्यापर्यटनका आकर्षण हुन् । युद्ध पर्यटनमा समग्र रोल्पा र विशेषगरी थबाङ, गाम, जेलबाङ, अरेस (लिस्ने लेक) गुम्चाल, भावाङ (सुकिदह) ओतस्थित जन नमूना अस्पताल, होलेरी लगायतका थुपै्र स्थलहरु हुन् ।

नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष हिराबहादुर घर्तीमगरले रोल्पाको पर्यटकीय सम्पदाहरु जोगाउन कसैलाई चासो नभएको बताउँदै जिम्मेवारहरु सही योजना र कार्यक्रम निर्माणमा चुकेको प्रतिक्रिया दिए । ठोस योजना बनाएर नीति तथा कार्यक्रम जिल्लास्तरमा बनेका छैनन् अनि कसरी पर्यटन विकासमा प्रगति हुन्छ भन्दै उनले प्रतिप्रश्न गरे । जिल्ला विकास समितिको नेतृत्वमा ठोस योजना निर्माण गर्न पहल भएमा सबै साथ रहने भन्दै सम्बन्धित निकायको ध्यान त्यता पुग्न नसकेको उनको गुनासो छ । दशक लामो पत्रकारिताका अनुभव भएका घर्तीमगरले दलका नेताहरु दिगो विकास भन्दा बजेट सक्ने, बजेट कार्यक्रम आफ्नै प्रभाव क्षेत्रमा लैजाने होडले समस्या भएको टिप्प्णी उनको छ । समानुपातिक विकासको दृष्टिकोणबाट योजना निर्माण र कार्यान्वयन भए पर्यटन विकासमा प्रगति हुने उनले अपेक्षा राखेका छन् ।
Bibang-Daha-Gam-Rolpaयुद्ध पर्यटन, साँस्कृतिक, धार्मिक पर्यटन र पर्या पर्यटनको गन्तव्य रोल्पाको पर्यटन विकासमा राज्यको लगानी अत्यन्तै न्यून छ । गत वर्षमा रोल्पाको पर्यटन प्रवद्र्धन गर्न ४७ लाख बजेट खर्च भएको जिल्ला विकास समितिका पर्यटन फोकल पर्सन दीपक डाँगीले जानकारी दिए । जिल्ला विकास समितिले तोकिएका स्थानमा जिल्ला विकासले पहल गरेपनि स्थानीयबाट अलि दबाव नआउनाले पनि कार्यक्रमलाई प्रभावकारी बनाउन नसकिएको जिकिर उनको छ । उनका अनुसार आर्थिक वर्ष २०७१÷७१ मा ६ लाख बजेट दिएको पर्यटन मन्त्रालयले गत आवमा ४७ लाख निकासा भएकोले आगामी दिनमा पनि सरकारको लगानी अभिवृदि हुने अपेक्षा गर्दै आगामी दिनमा नयाँ योजना र कार्यक्रम लिएर जिल्ला विकास समिति अघि बढ्ने दावी गरे ।

दशक यता भौतिक विकासमा केही सकारात्मक परिवर्तन देखिएपनि कृषि पर्यटनको क्षेत्रमा उद्यमीकरण हुन नसकेकोले जिल्लामा एकीकृत योजना निर्माण गरी जिल्लामा मौज्दात सम्पदाहरुको प्रवद्र्धन गर्दै बजारीकरण गर्न सके रोल्पाको पर्यटनको भविष्य सुनौलो रहेको पर्यटन विज्ञहरु बताँउछन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण