गृहपृष्ठ » मनोरञ्जन, मुख्य समाचार, समचार, स्वास्थ्यसंकटले उब्जेको नयाँ उखानहरु ।

संकटले उब्जेको नयाँ उखानहरु ।

November 21, 2015५१३ पटक

संकटले उब्जेको नयाँ उखानहरु ।

मंसिर ५, काठमाण्डौँ । भारतको अघोषित नाकाबन्दीले नेपाली जनताको जनजीवन कष्टकर बनेको छ । कष्टकर जनजीवनका बिच पनि राष्ट्रियताका लागी बिभिन्न बिकल्प अपनाईरहेका छन् ।

ग्यासको बिकल्प दाउरा, भुसे चुलो, ईन्धन अभावको बिकल्पमा साईकल चढ्न थालेका छन् । यद्यपी संकट समाधानको आस भने मारिसकेका छैनन् । आमनागरिकको अहिलेको समस्यालाई जोडेर पूराना उखान टुक्कालाई नयाँ रुप दिएर ठट्यौली गरेको सामाजिक सञ्जालमा भेटिएको छ । पढ्नुहोस संकटले उब्जेको नयाँ उखानहरु ।

१. ट्यांकरमा तेल आयो, हर्ष न बिस्मात ।
२. कामकुरो एकातिर, ग्यास बोकी लाईनतिर ।
३. नहुनु ग्यासभन्दा मक्किएको दाउरा जाति ।
४. नाकाबन्दीको चोट, नेतालाई के थाहा ?
५. केटाकेटी आए, बार्तामा बसे, चिया–बिस्कुटको सत्यानाश ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण