गृहपृष्ठ » अन्तर्राष्ट्रिय, अार्थिक, कृषि, देवदह विशेष, मुख्य समाचारराष्ट्र बैंकले भन्यो- चीनसँग व्यापार बढाउ

राष्ट्र बैंकले भन्यो- चीनसँग व्यापार बढाउ

November 22, 2015७७५ पटक

६ मंसिर, काठमाडौं – सरकारको सल्लाहकारसमेत रहेको नेपाल राष्ट्र बैंकले चीनसँग व्यापार विस्तार गर्न सरकारलाई सुझाब दिएको छ ।

भारतले लगाएको नाकाबन्दीले नेपालको अर्थतन्त्रमा गंभीर असर परेको र आर्थिक बृद्धिदर समेत ऋणात्मक हुने भन्दै केन्द्रिय बैंकले एकै देशसँगको व्यापार परनिर्भरता अन्त्य गरी व्यापार विविधिकरणका लागि चीनसँग व्यापार बढाउन सुझाब दिएको हो ।

चीनतर्फका ९ वटै नाका सञ्चालन गर्नेतर्फ आवश्यक पूर्वाधार निर्माण गर्न, तातोपानी र रसुवागढी तर्फका नाकाहरुलाई जोड्ने सडकहरुको स्तरोन्नति गरी अन्तराष्ट्रियस्तरको बनाउन, तातोपानी र रसुवागढी नाका लक्षित अत्याधुनिक सुख्खा बन्दरगाह निर्माण गर्न, तिब्बतको वाणिज्य दुतावासको कार्यालयलाई चीनसँगको व्यापार बिस्तार कार्यमा चलायमान बनाउन राष्ट्र बैंले सुझाएको छ ।

नेपालमा चिनीया लगानी अभिबृद्धि गर्न चीन सरकारसँग विप्पा संझौता गर्न र लोडसेडिङ्लाई तत्काल हटाउन एवंम् दीर्घकालमा नेपालको जलविद्युतको विकास गर्न चीनसंग पीडिए तथा पीटिए सँझौता गर्न पनि केन्दि्रय बैंकले सुझाएको छ ।

राष्ट्र बैंकले चिनीयाँ बैंकहरुसँगको भुक्तानी प्रक्रियालाई सरलिकृत गर्ने, चीनतर्फको नाकामा बैंक तथा वत्तीय संस्थाहरुका शाखारएक्स्टेन्सन काउन्टर र मनिचेञ्चर खोल्न प्रोत्साहित गरी चीनीया मुन्द्रा सटहीलाई सहज पार्ने, चीनतर्फका आयातको भुक्तानी गर्ने माध्यमहरु (ड्राफ्ट, टि.टि.आदि) को वर्तमान व्यवस्थाहरुमा आवश्यकता अनुसार परिमार्जन र सरलीकरण गर्ने जनाएको छ ।

चीनतर्फको ९ नाकरुमध्ये रसुवा र तातोपानी तर्फको नाका जोड्ने सडकहरुको मर्मत् सम्भार तथा स्तरन्नोति गर्ने कार्य उच्च महत्वको साथ तत्काल सुरु गर्नुपर्ने राष्ट्र बैंकको ठहर छ । खासगरी रसुवागढी नाका जाने सडकको ७ किलोमिटर राम्चे खण्डमा वाह्रै महिना पहिरोको खतरा रहेको तथा वेत्रावती-मैलुङ्ग-स्याफ्रुबेसीको ट्रयाक खोल्ने कार्य अझै सम्पन्न हुन नसकेकोलेे यो नाका कुनै पनि वेला अवरुद्ध हुन सक्ने स्थितिलाई मध्यनजर राखी मर्मत सम्भार तथा स्तरोन्नतीको कार्य तत्काल गर्न सरकारलाई सुझाब दिएको छ ।

भारतले नाकाबन्दी लगाएपछि पहिलोपटक भारतीय नाकाबन्दीले नेपाली अर्थतन्त्रमा पारेको असर सम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजानिक गर्दै केन्द्रिय बैंकले मुलुकको अर्थतन्त्रको विद्यमान अवस्था देखाउँदै आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीतिका सम्बन्धमा सरकारलाई सुझाब दिएको हो ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण