गृहपृष्ठ » अन्तर्राष्ट्रिय, खेलकुद, मुख्य समाचारपाकिस्तानले भारतमा हुने साफमा भाग नलिने

पाकिस्तानले भारतमा हुने साफमा भाग नलिने

November 22, 2015३७३ पटक

काठमाडौं, मंसिर ६ – पाकिस्तानले भारतमा हुने साफ च्याम्पियनसिप फुटबलमा भाग नलिने भएको छ । पाकिस्तान फुटबल फेडेरेशनले (पिएफएफ) ले साफका महासचिव अनवरुल हक हेलाललाई प्रतियोगितामा भाग नलिने जानकारी गएको हो ।

पिएफएफले प्रतियोगिताबाट नाम फिर्ता लिनुको कुनै पनि कारण स्पष्ट नपारेको साफका महासचिव हेलालले जानकारी दिनुभयो । पिएफएफले शनिबार इमेल गरेर प्रतियोगितामा भाग नलिने जानकारी गएको उहाँले बताउनुभयो । पाकिस्तानले गएको केही समयदेखि एएफसी र साफका कुनै पनि प्रतियोगिता खेलेको छैन ।

पाकिस्तानले १६ र १९ वर्षमुनिको साफ च्याम्पियनसिप तथा २१ वर्षमुनिको एएफसी च्याम्पियनसिप पनि खेलेको थिए । आउँदो पुस ८ देखि १९ गतेसम्म भारतको केरलामा हुने प्रतियोगितामा पाकिस्तानले नाम फिर्ता लिएपछि सात देशका टिममात्र सहभागी हुनेछन् ।

पाकिस्तान नेपाल रहेको समुह ए मा थियो । अब समुह ए मा नेपालसहित आयोजक भारत र श्रीलंका छन् । समुह बी मा अफगानिस्तान, माल्दिभ्स, बंगलादेश र भुटान छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण