गृहपृष्ठ » मुख्य समाचार, साहित्यलोक दोहोरी प्रतिष्ठान गुल्मी सम्मानित

लोक दोहोरी प्रतिष्ठान गुल्मी सम्मानित

November 23, 2015५०६ पटक

अनिल खत्री गुल्मी मंसिर ७ – राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपाल जिल्ला शाखा गुल्मी सम्मानित भएको छ । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपाल केन्द्रिय समितीको नवलपरासीको गैडाकोटमा सम्पन्न १५ औ साधारण सभामा शाखालाई उत्कृष्ट जिल्ला शाखाको रुपमा सम्मान गरिएको राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपाल जिल्ला शाखा गुल्मीका सचिव जनक पन्तले बताए ।
नवलपरासीको गैडाकोटमा शनिवार र आईवार सम्पन्न साधारण सभाले जिल्ला शाखा गुल्मीले गत आर्थिक वर्षमा ट्राफिक जनचेतना कार्यक्रम, आत्मा हत्या न्युनिकरण कार्यक्रम, लोक तारा छनोट कार्यक्रम,श्रष्टा सम्मान कार्यक्रम लगायत बिधान अनुरुप राम्रा कामहरु गरेकोमा जिल्ला शाखा गुल्मीलाई उत्कृष्ट जिल्लाको रुपमा सम्मान गरेको थियो । jjj
साधारण सभामा प्रष्ठिानका केन्द्रिय अध्यक्ष चन्द्र शर्माले राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपाल जिल्ला शाखा गुल्मीको तर्फबाट सचिव जनक पन्तलाई उत्कृष्ट जिल्ला भएकोमा सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । उत्कृष्ट जिल्ला बनाउन सहयोग गर्ने कार्य समिती सदस्य, सल्लाहाकार,आजिवन सदस्य तथा सम्पुर्ण सुभ चिन्तक सबैलाई प्रतिष्ठान जिल्ला शाखा गुल्मीका अध्यक्ष खुमबहादुर खत्रीले धन्यवाद दिनु भएको छ । प्रतिष्ठान शाखा गुल्मीले नेपाली पुरानो कला संस्कृतिलाई जगेर्ना गर्न, कला संस्कृतिलाई जोगाई राख्न बिभिन्न रचनात्मक कार्याक्रमहरु गर्नुका साथै सामाजिक कामहरुगर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण