गृहपृष्ठ » मुख्य समाचार, शिक्षा, समचार, स्वास्थ्यसात बर्षकी बालिका हत्या गर्ने युवक पक्राउ

सात बर्षकी बालिका हत्या गर्ने युवक पक्राउ

November 23, 2015२४८ पटक

रुपन्देही, मंसिर ७ – बालिकाको हत्या गरेको अभियोगमा प्रहरीले रुपन्देहीको सूर्यपुराबाट एक युवकलाई पक्राउ गरेको छ । सूर्यपुरा ५ की ७ वर्षिया बालिका एन्जल दर्जीलाई हत्या गरेको आरोपमा प्रहरीले सूर्यपुराकै २१ वर्षिय हरि खत्रीलाई गएराती पक्राउ गरेको हो ।

मंसिर २ गते बालिका आफ्ना बाबु कृष्णबहादुरसँगै पिकनिक गएकी थिइन् । हरि पनि पिकनिक गएका थिए । पिकनिकमा जाँडरक्सी खाएका हरिले बेलुका ७ बजेतिर नजिकको सिसौघारीमा लगि बालिकालाई पुरेको ठाउँ बताएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । अभियुक्तलाई कर्तव्य ज्यान मुद्दा अन्तर्गत कार्बाही अगाडि बढाइएको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण