गृहपृष्ठ » विशेष, समचार, स्वास्थ्यभूकम्पमा परि नयाँ जीवन पाएकाहरुको कथामा ‘भाग्यले बाँचेकाहरु’ अमेरिकामा

भूकम्पमा परि नयाँ जीवन पाएकाहरुको कथामा ‘भाग्यले बाँचेकाहरु’ अमेरिकामा

November 23, 2015२१५ पटक

vagya-le-bachekaharu
२०७२ मंसिर ७ गते _ नेपालमा आएको भूकम्पमा परि चमत्कारिक रुपमा नयाँ जीवन पाएका नेपालीको कथामा तयार पारिएको चर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ अमेरिकाको विभिन्न शहरमा प्रदर्शन भइरहेको छ ।

अमेरिकाको विस्कनसिन विश्वविद्यालयमा प्रदर्शन भएलगत्तै आइतबार अमेरिकाको सिकागो शहरमा ‘भाग्यले बाँचेकाहरु’को भव्य प्रदर्शन गरियो । सिकागोमा भएको प्रदर्शनीमा सयौँ नेपालीको सहभागिता रह्यो ।

‘मैले आफूलाई थाम्नै सकिन, वृत्तचित्र साँच्चिकै उत्कृष्ट रहेछ’- वृत्तचित्र हेर्न आइपुगेका नेपाली फूटबल टिमका पूर्वखेलाडी देवनारायण चौधरीले भने । चौधरीको भनाइलाई थप्दै १८ बर्षदेखि सिकागोमा बस्दै आएका केदार भण्डारीले भने- ‘मैले सोचेको थिइन, नेपालमा पनि यति उत्कृष्ट वृत्तचित्र बन्दोरहेछ ।’ वृत्तचित्र हेर्न आइपुगेका सिकागो निवासी बाबुराम सापकोटाले वृत्तचित्रले नेपालको भूकम्पको वितण्डालाई ऐनाझैँ छर्लङ्ग पारेको अनुभव गरेको बताए ।

विस्कनसिन विश्वविद्यालयमा नेपाल विद्यार्थी एसोशियसनले गरेको कार्यक्रममा वृत्तचित्र हेर्दै अमेरिकी विद्यार्थीहरुले समेत आँसु खसालेका थिए । उनीहरुले नेपालका भूकम्प पीडित विद्यार्थीलाई सहयोग गर्न चाहेको बताए । विद्यार्थी एशोसियसनका अध्यक्ष रेशष श्रेष्ठले विश्वविद्यालयले नेपाली वृत्तचित्रलाई समेत मान्यता दिएर प्रदर्शन गर्ने मौका दिएकोमा निकै खुसी लागेको बताए ।

कार्यक्रमका समन्वयकर्ता सोम खनालले वृत्तचित्र हेर्दा आँखा रसाए पनि आत्मबल हुँदा मृत्युसँग कसरी जुध्न सकिन्छ भन्ने एउटा उदाहण यो वृत्तचित्रले दिएको बताए । संचारकर्मी समेत रहेका वृत्तचित्रका निर्देशक गणेश पाण्डेका अनुसार आगामी महिनासम्म अमेरिकाको बिभिन्न शहरमा ‘भाग्यले बाँचेकाहरु’ प्रदर्शन हुने तय भएको छ ।

उनका अनुसार, आगामी शुक्रबारसाँझ नेपाल टेक्सास समाजको आयोजनामा टेक्सासको डाल्लास, नोभेम्बर २९ तारिख नेपाली समाजकै आयोजनामा कोलोराडो, डिसेम्बर १ तारिख नेपाल अमेरिका एकता समाजको आयोजनामा लस एन्जल्स, डिसेम्बर ५ मा नेपाली महिला समूहको आयोजनामा सन् प|mान्सिसको र डिसेम्बर ७ मा न्यूयोर्कमा प्रदर्शन गर्ने तयारी भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण