गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचार, स्वास्थ्यन्यानो कपडा किन्न भूकम्प पीडित परिवारलाई १० हजार दिइने

न्यानो कपडा किन्न भूकम्प पीडित परिवारलाई १० हजार दिइने

November 24, 2015२५८ पटक

८ मंसिर काठमाडौं । सरकारले भूकम्प पीडित परिवारलाई न्यानो कपडा दिन १० हजार दिने भएको छ ।  मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

अर्थ मन्त्रालयले मंगलबार नै जारी गरेको श्वेत पत्रमा यस्तो रकम मंसिरभित्र दिइने उल्ले छ । प्रधानमन्त्री केपी शर्मा ओलीको देशबासीलाई गरेको सम्बोधनमा भूकम्प प्रभावित क्षेत्रका जतनालाई न्यानो दिने प्रतिवद्धता जनाए अनुसार प्रतिपरिवार १० हजार दिने निर्णय गरिएको सरकारका प्रवक्ता शेरधन राईले बताए ।

जनताको संविधान जनताकै माझ राष्ट्रिय विशेष अभियान

यस्तै सरकारले जनताको संविधान जनताकै माझमा भन्ने एक महिने राष्ट्रिय विशेष अभियान सञ्चालन गर्ने भएको छ । अभियान मंसिर २१ गतेदेखि पुस २१ गतेसम्म सञ्चालन हुनेछ ।

नेपालको संविधानका बारेमा विभिन्न ढङ्गबाट हुँदै आएको टीका टिप्पणी र अफवाह फैलाइरहेको सन्दर्भमा सरकारले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत उक्त राष्ट्रिय अभियान सञ्चालन गर्न लागेको हो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण