गृहपृष्ठ » मुख्य समाचार, राजनीति, शिक्षा, समचार, स्वास्थ्यमोर्चाका कार्यकर्ताद्वारा एक व्यक्तिलाई जिउंदै जलाउने प्रयास

मोर्चाका कार्यकर्ताद्वारा एक व्यक्तिलाई जिउंदै जलाउने प्रयास

November 26, 2015३८८ पटक

बिराटनगर, मंसिर १० – भारतबाट अबैध रुपमा पेट्रोल लिएर नेपाल आएको भन्दै मधेसी मोर्चाका कार्यकर्ताले मोरङमा एक व्यक्तिलाई जिउंदै जलाउने प्रयास गरेका छन् ।

साइकलमा नेपाल–भारत सीमावर्ती बजारबाट जर्किनमा पेट्रोल लिएर मोरङको खोर्सानीस्थित मोटरसाइकल ग्यारेजमा जांदै गरेका मोरङ भातिगञ्ज–७ का बब्लु राजबंशीलाई जलाउने प्रयास भएको छ ।

चार जनाको संख्यामा रहेका मोर्चाका कार्यकर्ताले भातिगञ्ज–२ मा रोकेर बन्दको बेला भारतबाट पेट्रोल लिएर आएको भन्दै त्यही पेट्रोल खन्याएर राजबंशीको शरीरमा आगो लगाएका हुन् ।

उनको शरीरको ५० प्रतिशत भन्दा बढी भाग जलेको छ । उनको अवस्था चिन्ताजनक रहेको छ । कोशी अंचलमा उपचार हुन नसकेपछि उनलाई अन्यत्र पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण