सरकारले भूकम्पवाट अति प्रभावित क्षेत्रमा सामूहिक आवास निर्माण गर्ने
काठमाडौं, मंसिर १० – सरकारले भूकम्पवाट अति प्रभावित क्षेत्रहरुमा सामूहिक आवास निर्माण गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् वैठकले प्रभावित क्षेत्रहरुमा ५० वटा सामूहिक आवास निर्माण गर्ने निर्णय गरेको हो ।
यसैगरी वैठकले जर्मन सरकारबाट पुनर्निर्माणका लागि प्राप्त सहयोग २ अर्व ८७ करोड रुपैया स्वीकृत गरेको छ । मन्त्रीपरिषदको वैठकले विभिन्न मन्त्रायलका सहसचिवहरुको सरुवा पनि गरेको छ ।