गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचार, विशेषटर्कीले रुसी बिमान खसालेपछि दुई देशबीच तनाव

टर्कीले रुसी बिमान खसालेपछि दुई देशबीच तनाव

November 26, 2015२६० पटक

काठमाडौं, मंसिर १० – टर्कीले रुसी बिमान खसालेपछि दुई देशबीचको सम्बन्धमा चिसोपना आएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी विमानलाई लक्षित गरी टर्कीले नियोजित ढंगले विमान खसालेको दाबी गर्दै टर्की सरकार इस्लामीकरणतर्फ अग्रसर भएको आरोप लगाएका छन् ।

उनले टर्कीका नागरिकलाई रुस भ्रमण नगर्नसमेत चेतावनी दिएका छन् । रुसका विदेशमन्त्री सर्गोई लावारोबले पनि टर्कीले योजनाबद्ध तरिकाले रुसी बिमान खसालेको भन्दै सम्बन्ध कायमै राख्ने हो भने माफी माग्न टर्कीलाई चेतावनी दिएका छन् ।

यता टर्कीले आफ्नो हवाई क्षेत्रमा आएको विमान खसालेको दाबी गर्दै रुसले आफूहरुमाथि अनाहकमा आरोप लगाएको जनाएको छ ।

तर रुसी विदेशमन्त्री लावारोवले विमान खसालेको भिडियो फुटेजलाई आधार बनाउने हो भने बिमान आक्रमण नियोजित भएको प्रष्ट देखिने र त्यो कुनै पनि हालतमा क्षम्य नहुने बताएका छन् ।

टर्कीले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरको रुसी विमान खसालेको थियो । घटनामा एक चालकको मृत्यु भएको थियो भने अर्का एक जनाले हामफालेर ज्यान जोगाएका थिए । (एजेन्सी)

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण