गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचार, स्वास्थ्यसिन्धुलीका भूकम्पपीडितको विजोग

सिन्धुलीका भूकम्पपीडितको विजोग

November 26, 2015२६० पटक

सिन्धुली, मंसिर १० – सिन्धुलीका भूकम्पपीडितहरुको अवस्था कष्टकर बनेको छ । गत वैशाख १२ गतेको भूकम्पले घर ध्वस्त भएपछि पालमै गुजारा चलाउँदै आएका भूकम्पपीडितहरुले अस्थायी घरसमेत निर्माण गर्न नसकेपछि कष्टकर जीवन विताउन बाध्य भएका हुन् ।

भूकम्पपीडितहरुले अस्थायी घर निर्माणका लागि समेत सरकारबाट कुनै सहयोग नपाएको गुनासो गरेका छन् । चिसो मौसम भएकाले उनीहरु विभिन्न रोगबाट समेत संक्रमित भएका छन् ।

यहाँका करिब ५० प्रतिशत भूकम्पपीडित पालमुनि बास बसिरहेका छन् । सार्वजनिक विद्यालयहरुसमेत पाल र अस्याथी टहरामा सञ्चालन भइरहेका छन् । भारतीय नाकाबन्दीले विगत तीन महिनादेखि नै सिन्धुलीमा निर्माण सामाग्रीको अभाव भएको छ ।

त्यसैगरी सार्वजनिक यातायात र ढुवानी गर्ने साधन नहुँदा अस्थायी घर टहरा निर्माण गर्न नसकिएको पीडितहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण