कैलालीमा जुवा खेलिरहेका २९ जनालाई रंगेहात पक्राउ
कैलाली, मंसिर १० – कैलालीको चिसापानीमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले २९ जनालाई पक्राउ गरेको छ । होटल प्याराडाइजमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले रंगेहात पक्राउ गरेको हो ।
उनीहरुका साथबाट प्रहरीले १४ लाख रुपैयाँसमेत बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।