गृहपृष्ठ » मनोरञ्जन, मुख्य समाचार, समचारउग्रतारा भगवती मन्दिरमा भव्य मेला

उग्रतारा भगवती मन्दिरमा भव्य मेला

November 26, 2015४७० पटक

डडेल्धुरा, मंसिर १० – स्थानीय भाषामा ‘देहिजाँत’को रुपमा मानिने सुदूरपश्चिमेली जनताको आस्थाको केन्द्र एवम् उग्रतारा भगवती मन्दिरमा बिहीबार भव्य मेला लागेको छ ।

डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर मात्र टाढा अमरगढी नगरपालिका–८ को दशरथचन्द राजमार्गमा रहेको महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा कात्तिक पूर्णिमाको राति विधिवत पूजा सम्पन्न गरी भोलिपल्ट ठूलो मेला लाग्ने गर्दछ ।

मेलामा सुदूरपश्चिमका नौ वटै जिल्ला लगायत सिमावर्ती भारतबाट पनि दर्शनार्थी आउने गर्दछन् । परापूर्वकालमा स्थानीय साँकी जातिका किसानले हलो जोत्दा शिलामा हलो अड्किएको र त्यहाँबाट निस्किएको रगतलाई आफूले खान ल्याएको खिचडीले टालेर रोकिएपछि देवी उत्पन्न भइ किसानलाई दर्शन दिएको किम्बदन्ती छ ।

त्यसै बेलादेखि सो स्थानमा कात्तिक शुक्ल पूर्णिमाका दिन पूजा र मेला लाग्ने परम्परा रहिआएको जनश्रुति छ ।

उग्रतारा माताको दर्शन गरेमा दैवी प्रकोप नहुने, सुख प्राप्ति हुने, मोक्ष र मनोकामना पूरा हुने विश्वास गरिन्छ । यो मेलालाई सुदूरपश्चिमबासीले पर्व कै रुपमा बनाउने गर्दछन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण