गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचार, स्वास्थ्यपाँचथरमा भूकम्प, काभ्रेमा पराकम्प

पाँचथरमा भूकम्प, काभ्रेमा पराकम्प

November 27, 2015२४५ पटक

काठमाडौं, मंसिर ११ – शुक्रबार पाँचथर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पाँचथर केन्द्रबिन्दु भएर आज गएको भूकम्प गएको वैशाख १२ को ‘गोरखा भूकम्प’को पराकम्प नभई नयाँ भूकम्प हो। यसअघि यही मङ्सिर ६ गते पनि म्याग्दी केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यस्तै शुक्रबार दिउँसो ३ बजेर २३ मिनेट जाँदा काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको छ । विनाशकारी गोरखा भूकम्पपछि चार रेक्टर र त्यसमाथिका ४१४ परकम्प गइसकेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण