गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, समचार, स्वास्थ्यबाग्लुङ्को ग्वालीचौरमा केही दिन अगि सम्पन्न न्वागी मेलाको प्रमुख व्यापार सुन्तला बन्यो, ।।

बाग्लुङ्को ग्वालीचौरमा केही दिन अगि सम्पन्न न्वागी मेलाको प्रमुख व्यापार सुन्तला बन्यो, ।।

November 27, 2015४१७ पटक

प्रकाश घिमिरे ग्वालीचौ बग्लुङ्ग मंसिर ११

पौँदीवासीहरुको न्वागी मेलामा प्रमुख व्यापारको रुपमा सुन्तला बनेको छ । ५ दिन सम्म सञ्चालन भएको मेलामा गुल्मीको भाडगाँउ,ददल्का तथा बाग्लुङको विँहु समेतका गरि झण्डै १ दर्जन सुन्तला व्यापारीहरुले सुन्तला व्यापार गरेका थिए । यस्तै मेला अवधिभर झण्डै १० क्विन्टल बरावरको सुन्तला व्यापार गरेको गुल्मी नेटाका सुन्तला व्यापारी प्रकाश पैयानीले बताउनु भयो । यस्तै अर्का सुन्तला व्यापारी बाग्लुङ विँहुका हुम प्रसाद कंडेलले पनि मेलामा झण्डै १५ क्विन्टल सुन्तलाको व्यापारबाट निकै खुसी र सन्तुष्ट रहेको बताउनु भयो । मेलाको प्रमुख विशेषता भनेकै सुन्तला खाने रहेको स्थानीयहरुले बताएका थिए । गुल्मी र बाग्लुङको संगमस्थल खारबजारमा न्वागी पर्वलाई मेलाकै रुपमा मनाउँने गर्दछन् । न्वागी मेला अवधिभरमा झण्डै ५ लाख भन्दा बढिको सुन्तला व्यापार भएको स्थानीय समाजसेवी टिका पाइजाले जानकारी दिनुभयो । यसैबिच मेलामा झण्डै १ करोडको आर्थिक कारोवार भएको बताईएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण