गृहपृष्ठ » अन्तर्राष्ट्रिय, अार्थिक, पत्रपत्रीका, मुख्य समाचार, विशेषचीनको ‘पावर सिल्करोड’ योजनामा नेपाल पनि समावेश

चीनको ‘पावर सिल्करोड’ योजनामा नेपाल पनि समावेश

November 28, 2015५३२ पटक

१२ मंसिर, काठमाडौं – चीनले नेपाल सहित छिमेकी देशहरूलाई उर्जा नेटवर्कमा जोड्ने गरी ‘पावर सिल्करोड’ योजना अगाडि ल्याएको छ। सिल्करोड पुनरुत्थानलाई केन्द्रमा राखेर क्षेत्रीय पूर्वाधार निर्माणमा जुटेको चीनले पहिलो चरणमा सिन्ज्याङमा उर्जा नेटवर्क निर्माणका लागि ३१ अर्ब अमेरिकी डलरको महत्वकांक्षी योजना अगाडि सारेको छ।

Power-Silk-Road-of-Chainaदीर्घकालीन योजना अन्तर्गत पहिलो चरणमा पाँच वर्षभित्र चीनको उत्तर–पश्चिम क्षेत्र सिन्ज्याङलाई पाकिस्तान र मध्य एसियाली देशहरूसँग जोड्ने ग्रिड निर्माण गर्न सिन्ज्याङ प्रान्तले ३१ अर्ब डलर (२०० अर्ब युयान) लगानी गर्नेछ। चीनको स्टेट ग्रिड कोअपरेशन अन्तर्गतको सिन्ज्याङ इलेक्ट्रिक पावर कम्पनीलाई उद्धृत गर्दै सिन्ह्वालेअनुसार सिल्करोड आर्थिक क्षेत्रको मुख्य केन्द्र सिन्ज्याङमा ‘पावर सिल्करोड’ परियोजनाको रुपमा २०२० भित्रै विद्युत प्रशारण लाइन निर्माण गरिने अाजकाे नागरिक दैनिकमा खबर छ।

शुरुमा पाकिस्तान र मध्य एसियाली देशहरूलाई जोड्ने गरी सिन्ज्याङमा उर्जा नेटवर्क निर्माण गर्ने र नेपाल सहित अन्य देशहरूलाई नेटवर्कमा जोड्दै जाने चीनको स्टेट ग्रीड नेटवर्ककका अध्यक्ष लीउ झेन्याले बताए।

अध्यक्ष लीउ भन्छन्, ‘आउँदा वर्षहरूमा मंगोलिया, रुस, काजकिस्तान, पाकिस्तान, नेपाल, थाइल्याण्ड, म्यानमार, लाओस लगायतका छिमेकी देशहरूमा उर्जा नेटवर्कमा जोडिने छ।’

चीनले मूलतः २०५० सम्ममा विश्व उर्जा नेटवर्क निर्माण गर्ने लक्ष राखेको अध्यक्ष लीउले बताए। २०३० सम्म स्वच्छ उर्जा र त्यससम्बन्धी पूर्वाधार निर्माणमा चीनको लगानी ८२० अर्ब युयान पुग्ने उनको अनुमान छ।

चीनको स्टेट ग्रिड सम्वद्ध विज्ञ झाओ छिङ्बोका अनुसार सिन्ज्याङमा निर्माण गरिने ग्रिडमा ठूलो परिमाणमा स्वच्छ उर्जा उत्पादनका लागि सौर्य र हावाबाट उत्पादन हुने उर्जा शक्तिलाई एकीकृत गरिने छ। सिन्ज्याङ उर्जा नेटवर्कले एसिया क्षेत्रमा देखिएको विकासको खाडल कम गर्न सहयोग गर्ने उनको विश्वास छ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण