गृहपृष्ठ » मुख्य समाचार, समचार, स्वास्थ्यसुस्त मनस्थितिकी युवतीलाई बलात्कार गर्ने युवक जेल चलान

सुस्त मनस्थितिकी युवतीलाई बलात्कार गर्ने युवक जेल चलान

November 28, 2015२६५ पटक

खोटाङ, मंसिर १२ – सुस्त मनस्थिति भएकी युवतीलाई बलात्कार गर्ने खोटाङका एक युवक जेल चलान भएका छन् । सुस्त मनस्थिति भएकी १८ वर्षीया युवतीलाई बलात्कार गर्ने हौंचुर–४ का ‘शंकर’ भनिने २० वर्षीय शेखरबहादुर नेपाल जेल चलान भएका हुन् ।

गत कात्तिक–१५ गते राति सुतीरहेकी युवतीलाई जबरजस्ती गर्ने नेपाललाई जिल्ला अदालतको आदेशमा शुक्रबार जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताए ।

बलात्कृत युवतीलाई जिल्ला अस्पताल खोटाङमा उपचारपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य बन्दै गएको आफन्तले बताएका छन् । रासस

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण