गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचाररसुवामा जलविद्युत् आयोजनाको काम ठप्प

रसुवामा जलविद्युत् आयोजनाको काम ठप्प

November 28, 2015२८० पटक

रसुवा, मंसिर १२ – तराइ–मधेसमा जारी आन्दोलन र भारतले गरेको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भएपछि त्यसको सीधा असर विकासका कामहरुमा पनि पर्न थालेका छन् ।

यसैको परिणाम रसुवाका निर्माणाधिन जलविद्युत आयोजनाहरुको निर्माण कार्य रोकिएको छ । आयोजनाका लागि आवश्यक सिमेन्ट, रडलगायतका सामग्री रोकिएपछि निमार्ण कार्य अघि बढन नसकेको हो ।

बैशाख १२ को शक्तिशाली भूकम्पपछि पनि तिब्र गतिमा काम भइरहेका ४२ दशमलव ५ मेगावाटको साञ्जेन, १४ दशमलव ८ मेगावाटको माथिल्लो साञ्जेन र १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको काम इन्धन अभावकै कारण ठप्प भएकोे छ ।

उता निर्माणाधीन त्रिशुली थ्री ए, त्रिशुली १ लगायतका आयोजनाका काम पनि पेट्रोलियम पदार्थको अभावले रोकिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण