गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचार, स्वास्थ्यबन्दले गुल्मी ठप्प

बन्दले गुल्मी ठप्प

November 29, 2015४४० पटक

अनिल खत्री, गुल्मी मंसिर १३ ।
नाकाबन्दीको विरोध भन्दै विप्लव माओवादीले गरेको बन्दले गुल्मीको जनजिवन प्रभावित भएको छ । बन्दबाट गुल्मीबाट छुटने छोटो तथा लामो दुरीका सवारीका साधनहरु छुटेका छैनन् भने बजार,शिक्षण संस्था, कल कारखाना पुर्ण रुपले ठप्प भएका छन् ।12316411_1006912146039226_8099274646581199556_n

बन्दले जिल्लका अन्य बिभिन्न स्थानमा बजार तथा शिक्षण संस्थाहरु बन्द भएका छन् । नाकाबन्दीले इन्धन अभावमा सवारी साधनहरु कम चलि रहेको बेला बन्दले गन्तव्यका लागि हिँडेका यात्रु पैदल हिँड्न बाध्य भएका छन् । बन्दमा अत्यावश्यक सेवाका सवारीका साधनहरु भने निर्वात रुपमा चलेका छन् ।

भारतले नेपाली जनतालाई इतिहासमै सर्वा्धिक राष्ट्रियता माथिको हस्तक्षेप गरेको भन्दै माओवादीले भारतीय नाकाबन्दी जनताको चुलो बल्न बन्द भएको अवस्थाको तत्काल समाधान हुनुपर्ने माग राखेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण