गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचार, राजनीति, विशेष, समचारनेपाल प्रवेश गरेका भारतीय सीमा सुरक्षा बलका जवान झापामा पक्राउ

नेपाल प्रवेश गरेका भारतीय सीमा सुरक्षा बलका जवान झापामा पक्राउ

November 29, 2015६१३ पटक

SSB१३ मंसिर, काठमाडौं – झापाको केचनमा हतियारसहित नेपाल प्रवेश गरेका भारतीय सीमा सुरक्षा बल एसएसबीका १३ जवान पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । गृह प्रवक्ता लक्ष्मी ढकालले पनि भारतीय सुरक्षाकर्मी पक्राउ परेको पुष्टि गरेका छन् ।

एसएसबीका जवानहरु ‘तस्करहरु’लाई लखेट्दै नेपाल आएका थिए । हतियारसहितका एसएसबीका जवानहरु नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीयले घेरा हालेका थिए । लगतै प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरीको भन्टाबारीमा नेपाली भूमिमा प्रवेश गरेर गोली होनेको केही दिनमा नै एसएसबीका जवानहरु झापामा हतियारसहित नेपाल पसेका हुन् । दुबै घटनामा एसएसबीका जवानहरु तस्करललाई लखेट्ने नाममा नेपाल प्रवेश गरेका छन् ।

सुनसरी घटनाबारे नेपाल सरकारले औपचारिक रुपमै भारतको ध्यानाकर्षण गराएको छ । यो पटक भने पक्राउ परेकाहरुलाई प्रक्रिया पुर्‍याएर भारतीय अधिकारीहरुको जिल्ला लगाइने भएको छ । गृह प्रवक्ता ढकालका अनुसार स्थानीय प्रशासनले कुराकानी गरिरहेको छ ।

स्थानीयबासीले भने पक्राउ परेका एसएसबी जवानहरूलार्इ नछाड्न माग गर्दै नाराबाजी गरेका छन् । घटनास्थलमा सहायक प्रमुख जिल्ला अधिकारी डमरूप्रसाद निराैला पुगेका छन् ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण