गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, विशेष, समचार, स्वास्थ्यविदेश उड्दै शहर पस्दै , गाउँ रित्तिदै

विदेश उड्दै शहर पस्दै , गाउँ रित्तिदै

November 29, 2015४८९ पटक

प्रेम सुनार गुल्मी, मंसिर १३ – गाउँमै केहि गरेर देखाउने सोचका साथ छोराहरु विदेश गएका हुन् । कसैले खरले छाएको त्यो घरमा टिन हाल्ने , कसैले पल्लास्टर गर्ने त कसैले पक्की घर बनाउने सपनाहरु बोक्दै विदेश हिडेका थिए । तर विदेश गएको एक वर्ष नपुग्दै आफ्नो घर सजाउने , अरु खेतवारी जोर्ने सपनाहरु छोराहरुले विर्सदै जान्छन् ।अनि वुटवल , भैरहवाह, लगायतका शहरमा घडेरी किन्ने र वसाई सराई गर्ने तिर लाग्छन् ।kurgha

यहि कारणले गर्दा क्रमिक रुपमा गुल्मीका अधिकांस ग्रामिण भेग रित्तैदै छन् । एका दुई दशक पछि देश प्रदेशबाट गाउँ फर्किदा विरक्त लाग्छ । हिजोका ति तिन तले ढुङ्गाले छाएका घरहरु भत्कीएर भग्नावशेष जस्तै देख्न सकिन्छ । हिजो त्यस्तो धान फल्ने खेत र त्यस्तै कोदो मकै फल्ने वारीहरु अहिले वाँझीएर सार्वजानिक वन जस्तै बनेका छन् । उदाहरुणका लागि हामीले कुर्घा गाविसलाई लिएका छौं । केहि वर्ष पछि त्यस कुर्घा गाविस र त्यस आसपासका माथील्ला वस्तीहरुमा पुग्दा हिजोको त्यो गाउँ क्रमशः रित्तीदै गएको देखियो । वारीबाट पारीको जंगल देखाउँदै कुर्घाका समाज सेवी सुरेशचन्द्र अर्यालले भने–‘हेर्नुस् त्यो पारीको वन जंगलमा हिजो हराभरा गाउँ वस्ती थियो भन्दा अहिले कसले पत्याउला ? हिजो मेरै आँखाले देख्या त्यो ठाउँमा हराभरा वस्ती भएको अहिल अवस्था त्यस्तो छ ।’

कुर्घामा विदेश जानेहरुको संख्या बढि छ । जसका कारण कुर्घाको माथील्लो वस्ती रित्तो हुँदै गएको अर्यालले बताए । विदेश गयो कि शहर ताक्नै पर्ने लहर चलेकोले विस्तारै गाउँ रित्तिदै जाने चिन्ता बढेको अर्यालको भनाई छ । ‘ म आफै पनि माथी गाउँबाट तल वेसी खेतमा वसाई सराई गरेको हुँ अर्यालले भने–‘ तल आएर यो घर बनाएको १५ वर्ष पुग्यो । जुन घर बंगला बनाउन अहिले १० लाख भन्दा बढि लाग्छ तर यसपालीको भुकम्पले खल्काई दिए पछि डरले वाहिर छाप्रोमा सुत्दै–बस्दै आएका छौं ।’ वैशाख १२ गते भुकम्प आउँदा छोरा कृष्णप्रसाद लण्डनबाट आएको थियो घर भत्केपछि उसले वसाई सराईको सोच बनाएको छ अव यहाँबाट पनि छोराले कहाँ वसाई सार्ने हो भन्ने चिन्ता छ –अर्यालले भने ।

‘कुर्घा ४ मा रहेका धेरै जसो व्राम्हण समुदाय बसाई सराई गरे, अहिले हामीहरु मात्रै छा’ैं स्थानिय दलित अगुवा कृष्णबहादुर बिश्वकर्माले. भने –‘मैले पनि छोरो विदेश गए पछि तल मोटरबाटोमा घडेरी किनेको छु घर बनाएर सर्ने सोचमा छु ।’ कुर्घा–५ भुवाचिदीका पुराना समाज सेवी नरहरी सपकोटाले अलिकती कमायो कि सुख–सुविधा खोज्ने प्रबृद्धिले यस्तो भएको बताए । तत्कालिन जिल्ला पञ्चायतको सदस्य र पुर्खेयौली घर वामीका प्रधानपञ्च समेत रहेका सापकोटाले भने–‘ मैले चाहेको भए त्यति वेला तम्घास बजारमा घर बनाउन पनि सक्थे तर मैले त्यो चाहिन गाउँ कै खेतवारी मै रमाउनु पर्छ भनेर यतै वसे ।’

उनले थपे–‘ अहिले भारतले हामीलाई नाकावन्दी गरेको होईन चेतना दिएको हो । गाउँबाट शहर पस्ने, अरुले उत्पादन गरेको वस्तुको आश गरेर बस्ने, आफुले घरमा केहि नगर्ने, अरुलाई कजाएर खाने अहिलेका अल्छी नेपालीहरुलाई यसपालीको नाकावनदीबाट चेत पस्नै पर्छ ।’ जिल्ला पञ्चायतको सदस्य रहँदा जनताहरु संगै आफुहरुले पनि गैची चलाएर तानसेन तम्घास सडक खनेको अनुभव सुनाउँदै उनले प्रश्न गरे ल भन्नुस अहिले कुन चाँही नेताले आफै वाटो खन्छ ? यहाँ सम्म कि उसले नियमित अनुगमन समेत गर्न आउँदैन् ।

आत्मनिर्भता आफैबाट सुरु गर्नु पर्छ भन्दै मैले पसल हुँदाहुँदै पनि गाई भैसी पालेको छु तेल महँङ्गो भएको चिन्ता मलाई छैन घर मै घिउ टन्न छ । हिजो त वर्षमा दुईचार टिन घिउँ म आफै पाल्पा वुटवल सम्म वोकेर बेच्न जान्थे र त्यहाँबाट नुन वोकेर आउँथे ’– उनले आफ्नो अनुभव सुनाए । उनले ग्याँस र विधुतका लागि समेत अरुको मुख ताक्न नपरेको बताए । ‘गाई भैसी पालिएको छ त्यसको गोवरबाट ग्याँस चुलो चलाईएको छ, वत्ती पनि निर्धक्क वालिएको छ अहिले भारतको नाकावन्दीले मलाई केहि फरक पारेको छैन’– सापकोटाले थपे –‘पारेको भए उनै यो गाउँ छाडेर शहर पस्नेहरुलाई पारेको होला ।’

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण