गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचार, विशेष, समचार, स्वास्थ्यबर्दियामा भेटियो बेवारिशे बम

बर्दियामा भेटियो बेवारिशे बम

November 29, 2015४३८ पटक

Bardiya-Gulariya

१३ मंसिर,केशव कोइराला  गुलरिया  – बर्दिया सदरमुकाम गुलरिया नगरपालिका ७ तुलापुरमा बेवारिसे बम फेला परेको छ । जनप्रियटोलका एक बालकले घर नजिकैको बाँसको झ्याङमा बम भेटाएका हुन् ।

उनले खेलौना भन्ठानेर खेलाउँदै घर नजिकै ल्याएको बमलाई स्थानीय धनबहादुर खड्काले बम भएको पहिचान गरी प्रहरी र सन्चारकर्मीलाई खबर दिएका थिए । धनबहादुर भारतीय पूर्व सैनिक भएकाले तुरुन्तै बम भनि पहिचान भएकाले कुनै दुर्घटना हुन नपाएको स्थानीयले बताए ।

उक्त बम सशस्त्र द्वन्द्वकालको हुनसक्ने प्रहरीले आशंका गरेको छ । ‘प्लाष्टिक हेण्ड ग्रिनेट बम’ पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक गोविन्दराम परियारले वताए ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले बमलाई निष्कृय पार्ने प्रयास गर्दैछ ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण