गृहपृष्ठ » कृषि, मुख्य समाचार, समचार, स्वास्थ्यतरकारी र बंगुरबाट मासिक ३ लाख कमाई

तरकारी र बंगुरबाट मासिक ३ लाख कमाई

November 29, 2015४८८ पटक

त्रिलोचन रिजाल, बागलुङ, १३ मंसिर/ जिल्लाको गलकोट हटियाका एक युवक व्यावसायिक तरकारी खेती र बंगुरपालनबाट मासिक तीन लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् । युवा अवस्थाको अमूल्य ९ वर्ष मलेसिया र साउदी अरबमा पसिना बगाएका हटिया–८ चमुवाका ४१ वर्षीय सोमबहादुर सार्कीले गाउँमै तरकारी र बंगुरको पाठा बेचेर मासिक तीन लाख आम्दानी गरिरहेका छन् । छ ओटा प्लास्टिक टनेलमा गोलभेँडा11811433_894628477257912_8896036142697881744_n रोपेका सार्कीले व्यावसायिक रुपमै बंगुरसमेत पालेका छन् । आफूले उत्पादन गरेको टमाटर बजारसम्म पु¥याउन किनेको एउटा पिकअप जिप पनि उनको आम्दानीको स्रोत बनेको छ । ‘उत्पादन गरेको तरकारी बजारसम्म पु¥याउन अरुको साधन प्रयोग गर्दा समस्या हुन थालेपछि आफैंले पिकअप खरिद गरेको हुँ’ सार्कीले भने– ‘तरकारी र बंगुरको दाना बोक्न मात्रै हैन यात्रु बोक्न र हटिया बजारसम्म पु¥याउन पनि जिपलाई उपयोगमा ल्याएको छु ।’ तरकारी तथा बंगुरका पाठापाठी बिक्री र जिपबाट समेत गरी तीन लाखको हाराहारीमा मासिक आम्दानी हुने गरेको सार्कीले बताए । चार वर्ष साउदी र पाँच वर्ष मलेसियामा कमाएको चार लाख ७० हजारले हटियामा किनेको १६ रोपनी जग्गामा तरकारी खेती र बंगुर पालेका सार्कीले दैनिक १२ देखि १५ हजारसम्म आम्दानी गर्ने गरेको बताउछन् । आठ वर्ष अगाडि विदेशबाट फर्किएर बंगुर पाल्न सुरु गरेका सार्कीले बंगुरको मललाई व्यवस्थापन गर्न तरकारी खेती सुरु गरेको भए पनि अहिले सोही तरकारी खेती मुख्य पेसा बन्न पुगेको छ । छोराछोरीको ३० रुपैयाँ परीक्षा शुल्कसमेत तिर्न नसकेको तितो अनुभव बोकेर विदेश हानिएका सार्कीले पैसा कमाएपछि नेपालमै केही गर्नुपर्छ भन्ने भावना करन अर्जुन फार्म हाउस सञ्चालनमा ल्याएका छन् । ‘सुरुका दिनमा वैदेशिक रोजगारी छोडेर बंगुर पालेको देखेर सबैले होच्याउने गर्थे, विदेशमा गरिखान नसकेर यो उमेरमा नेपालमा भुल्ने उपाय गरेको छ भनेर कुरासमेत काट्ने गर्दथे, तर अहिले मेरै सिको गर्न थालेका छन्, खुसी लाग्छ’ सार्कीले भने । सार्कीकोमा अहिले ल्यान ड्रसे र एर्क सायर प्रजातिका पाँच माउ बंगुर र तिनका १६ वटा वर्णशंकर प्रजातिका पाठापाठी रहेका छन् । आफूूले उत्पादन गरेको तरकारी हटिया बजारमा बिक्री वितरण गर्ने गरेको बताउने सार्की यही पेसालाई जीवनभर निरन्तरता दिने सोचमा छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण