गृहपृष्ठ » खेलकुद, मुख्य समाचार, समचारवडागाउँको भलिवलमा गल्कोटले ४० हजार हात पार्यो ।

वडागाउँको भलिवलमा गल्कोटले ४० हजार हात पार्यो ।

November 29, 2015३१९ पटक

गणेश थापा खर्वाङ मंसिर १३
विहानी युवा क्लव वडागाउँ ६ गुल्मीको आयोजनामा खुल्ला भलिवल तथा विविध साँस्कृतिक कार्यक्रम आज वडागाउँ मैदानमा सम्पन्न भएको छ । शुक्रवार वाट शुरु भएको प्रतियोगीतामा गुल्मी तथा बागलुङका १६ समुहको सहभागिता रहेको थियो ।
प्रतियोगीतामा बागलुङ गल्कोट हटियाको थ्री व्रोदर्श मोटर्स पार्ट विजेता हुँदै नगद ४० हजार हात पारेको छ भने उपविजेता बागलुङ ग्वालीचौरको सितारियो कराँते संघ ले २५ हजारमा चित्त वुझाएको छ । कार्यक्रममा कलाकारहरु पुस्कल शर्मा, रुपा जि।एम।, सन्तु थापा लगाएतले आफ्ना प्रस्तुतिहरु प्रस्तुत गरेका थिय । कार्यक्रम जिल्ला शिक्षा कार्यालय गुल्मीका प्रतिनिधि वडागाउँ श्रोत केन्द्रका श्रोत व्याक्ति चुरा छन्त्यालको प्रमुख आतिथ्यता, क्लवका अध्यक्ष प्रेम जिसिको अध्यक्षता तथा सल्लाहकार सदस्य वसन्त अधिकारीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रमको संयोजन विमल सुनारले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण