बिरामीको समस्या नसुनी औषधि दिने डाक्टरहरु
दमक, २४ साउन– झापाको महाभाराबाट ७५ वर्षीया उमादेवी राजवंशी वरिष्ठ डाक्टर क्लिनिकमा आउने सुनेर शनिबार बिहानैदेखि दमकको एक क्लिनिकमा पुगिन् । पुर्जा काटेर पाँच घण्टाभन्दा बढी समय कुरिन् । लाइन लागेर डाक्टरसम्म त पुगिन् तर उनले आफ्ना व्यथा सुनाउन पाइनन् । १ मिनेट पनि कुरा नसुनी डाक्टरले औषधि लेखिदिएर १४ दिनपछि आउनु फेरि भन्ने जवाफ डाक्टरबाट पाइन् ।
उनलाई आफ्नो सबै समस्या डाक्टरलाई सुनाउने चाहना थियो । तर उनी भित्र पुगेर बस्नासाथ अर्को बिरामी छेउमा पुगिसकेका थिए । र उनको पालो सकिसकेको थियो । उनले भनिन्,‘मलाई त पाँच सय रुपैयाँ सित्तैमा गएजस्तो लाग्यो ।’ झापाको दमकमा प्रत्येक शनिबार स्थानीय फार्मेसीहरुले सञ्चालन गर्ने क्लिनिकमा विभिन्न अस्पतालका डाक्टरहरुको भिड लाग्छ । बिरामी पनि धेरै हुन्छन् । तर बिरामीले सेवा भन्दा पनि डाक्टरको अनुहार मात्रै देख्न पाएको अनुभव सुनाएका छन् ।
–गोरखापत्र दैनिकबाट