गृहपृष्ठ » मुख्य समाचार, समचारमन्दिरको आय सार्वजनिक

मन्दिरको आय सार्वजनिक

December 1, 2015१३७ पटक

kalikaबागलुङ, १५ मंसिर-प्रसिद्ध कालिका भगवती मन्दिरमा मंसिर दोस्रो साता १ लाख ४९ हजार ६ सय ४६ रुपैयाँ संकलन भएको छ । संकलित रकमको बिवरण अनुसार, ८ गते ३९ हजार १ सय २५ रुपैयाँ, ९ गते १० हजार ५ रुपैयाँ, १० गते ८ हजार ५ सय ४० रुपैैयाँ, ११ गते ९ हजार ४० रुपैयाँ, १२ गते ६९ हजार ५ सय ६१ रुपैयाँ संकलन भएको गुठीले जनाएको छ । यसैगरी, मंसिर १३ गते ७ हजार ८० रुपैयाँ, १४ गते ६ हजार २ सय ९५ रुपैयाँ गरी जम्मा रु १ लाख ४९ हजार ६ सय ४६ रुपैयाँ संकलन भएको गुठीका अध्यक्ष राजु खड्काले जानकारी दिए । यसअघि पहिलो साता १ लाख ४६ हजार ८ सय ९५ रुपैयाँ संकलन भएको थियो । कालीका भगवती गुठीले गत साउन महिनादेखी ठेक्का प्रचलन रोकेर पुजाआजा र व्यवस्थापनको सवै जिम्मा आफै लिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण