गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, राजनीति, विशेष, समचारमूल्यबृद्धि नियन्त्रण बाहिर जान सक्ने गभर्नरको चेतावनी, भ्रष्टाचार बढ्यो : अर्थमन्त्री

मूल्यबृद्धि नियन्त्रण बाहिर जान सक्ने गभर्नरको चेतावनी, भ्रष्टाचार बढ्यो : अर्थमन्त्री

December 1, 2015५४४ पटक

काठमाडौं, मंसिर १५ – नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले यस वर्ष मूल्यबृद्धि नियन्त्रण बाहिर जान सक्ने बताएका छन् ।
भारतीय नाकाबन्दीले आन्तरिकरुपमा मुलुकको अर्थव्यवस्था चौपट भएको र यसैलाई मौका बनाइ कालोबजारी हुँदा मूल्यबृद्धिको चाप उच्च हुने उनको भनाइ छ ।  नेपाल आर्थिक पत्रकार समाज (सेजन)को मंगलबार काठमाडौंमा भएको१८औं स्थापना दिवसको कार्यक्रममा गभर्नर नेपालले मूल्यबृद्धिलाई साढे ८ प्रतिशतमा सीमित राख्ने लक्ष्यविपरित तीन महिनामै ८ दशमलव ३ प्रतिशत पुगेको बताए ।

बाह्यस्थितिमा अर्थतन्त्र सामान्य अवस्थामा रहेपनि आन्तरिकरुपमा आर्थिक क्रियाकलाप नै नभएको उनले उल्लेख गरे । एउटा छिमेकीसँग मात्रै निर्भर हुँदाको परिणाम हाल मुलुकले भोगिरहेको उनको भनाइ थियो ।

कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले भारतको अघोषित नाकाबन्दीले समाजमा भ्रष्टाचार बढेको बताए । सरकारले तराई आन्दोलनको शीघ्र समाधान खोजिरहेको उनको भनाइ थियो ।

बन्द, हडताल र नाकाबन्दीले उद्योग–व्यवसाय बन्द भएको र रोजगारी गुम्ने खतरा बढ्दै जाँदा समाजमा भ्रष्टीकरण मौलाएको मन्त्री पौडेलले बताए । भारतले बिना कारण नेपालमाथि नाकाबन्दी गरिरहेको उनको भनाइ थियो ।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले मुलुकको वर्तमान अवस्थाले उद्योग–व्यवसाय नाजुक हुन पुगेको भन्दै उद्योगी–व्यवसायीले व्यवसाय नै परिवर्तन गर्न लागेको बताए ।

समाजका संस्थापक अध्यक्ष प्रतीक प्रधान, अध्यक्ष गोकर्ण अवस्थीले अर्थतन्त्र अति कमजोर अवस्थामा गएकाले गतिरोध अन्त्य गर्न आग्रह गरे । यस वर्षको सेजन अवार्ड कान्तिपुर दैनिकका कृष्ण आचार्य र न्यूज २४ टेलिभिजनका नवराज चालिसेलाई प्रदान गरिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण